
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com





श्रीमान्को दर्ीघायु तथा अटल सौभाग्यका लागि शिवजीको व्रत बस्ने चलन रहेको यो पर्व परिवारका सवै सदस्य एकसाथ भएर मनाइन्छ । लगातार पा“च दिनसम्म मनाइने यो पर्वमा नेपाली नारीहरू गीत-संगीत सुनेर तथा गाएर मनोरञ्जन गर्छन् । यसपटकको तीजमा नेपाली चेलीका लागि गायक-गायिकाहरूले तीजसम्बन्धी गीति संग्रहहरू बजारमा ल्याइसकेेेका छन् । ँपोइल जान पाम’ गीत गाएर चर्चामा आएकी कोमल वलीले तीज गीत संकलनमा पनि ख्याति कमाएकी छिन् । यसपटकको तीजमा उनले तयार पारेको गीति संग्रहको शर्ीष्ाक नै ँझकास’ राखिएको छ । उनको आफ्नै क्यासेट कम्पनी ँके सिरिज’ ले बजारमा ल्याएको यो संग्रह अघिल्ला तीजभन्दा फरक गीत समावेश गरिएको वलीको कथन छ । यो संग्रहमा गायिका वलीका अतिरिक्त अन्य दर्ुइ गायिका रिजा उप्रेती तथा जुना प्रर्साईंको पनि स्वर सुन्न सकिन्छ । ँमेरा अघिल्ला गीतभन्दा यो गीत हरेक दृष्टिकोणले पृथक् छ’ वली भन्छिन्-ँगीतको शब्द, भाका, गायन शैली तथा म्युजिक भिडियो आकर्ष पाउनुहुनेछ । ँनाच्नै नजान्ने, नाच्नै नमान्ने व्यक्ति पनि यो संग्रहका गीत सुनेर नाच्नुहुनेछ ।’ 
