एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Thursday 26 August 2010

गजल - परेलीमा


                                -अविरल अधिकारी 

 परेलीमा आँशु रोक्ने, बार लाउन पाए
चालिएका कदमको, सार लाउन पाए

भुमरीमा फसेको छ, बगिजाने खोला
अल्झाउने समस्यालाई, पार लाउन पाए.

बगिजान्छन् हर्ष उल्लास, वर्षे भेल सरि
मौरीले झैँ मह राख्ने, घार लाउन पाए.

जता पाउ चालेपनि, सधै अल्झिएका
अवरोधका फेदीमा नै, धार लाउन पाए

सफलताको शिखर चुमी, गर्व गरेर नै
पित्तलकै भए पनि हार लाउन पाए.

                          -अविरल अधिकारी

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

गजल - दुनियाँ


                -शान्ता झाँक्री

दुनियाँले हेप्छ भनी,तिमी भाग्न नखोज है ,
म दिउँला तिम्रो साथ ,अन्तै लाग्न नखोज है ।।

म ठूलो रे,खै कसरी?, तिमी सानो जात अरे !
प्रेम प्रस्ताव राख्दैछु म,वचन नाघ्न नखोज है ।।

सीप सबै चल्ने तिम्रो,बिहे चाँहि नचल्ने रे !
यो संस्कार फाल्नुपर्छ ,दया माग्न नखोज है ।।

मूर्ति कुँद्न हुने तर , पूजा गर्न नहुने रे !
आफ्नै जातलाई तिमी, आफै दाग्न नखोज है ।।

कूवा खन्न मिल्ने तर ,पानी छुँदा नचल्ने रे !
खुल्ला समाज बनाउँनुछ ,पर्दा टाग्न नखोज है ।।

                                                   -शान्ता झाँक्री

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

के भयो र यौटा साथ

                                             -Jitendra Malla
 
के भयो र यौटा साथ, छुट्यो छुट्न दिएँ ।
मन भन्नु शीशा न हो, टुट्यो टुट्न दिएँ ।

दिनु साटो खोस्न मात्रै, जान्यो भाग्यले नि,
अलिकती खुशी थियो, लुट्यो लुट्न दिएँ ।

दोश तिम्रो हो कि मेरो, या त नियतिको,
अन्यौलको भुमरीले भुट्यो भुट्न दिएँ ।

जिन्दगी हो जसो तसो , ज्युँनु पर्छ सोची,
अठोट लिई मन मेरो, उठ्यो उठ्न दिएँ । 
                                                             
                                      -Jitendra Malla
 
Share

पोखरा कि एउटी परी

                                  हरि मानन्धर "विवश"
 
 
पोखरा कि एउटी परी फेवातालमा पाएँ मैले
सँगै जिउने सँगै मर्ने वाचाकसम खाएँ मैले

कल्पनाको मन्दिर भित्रै उनिलाई भेटे पछि
नटुङ्गियोस् यात्रा भनि बाराही नि धाएँ मैले

सम्झनाको डुंगा माथि शयर गर्दा उनि सँगै
माछापुच्छ्रे शीर बनि शीतलता छाएँ मैले
                                                                                                                   
कमलको फूल उनि हृदयमा बास राखी
जून सम्झी रातै भरि प्रेमको गीत गाएँ मैले

विवशको जिन्दगीमा उनकै साथ पाएदेखि
नछुट्टिने पिरतीको मितेरी नै लाएँ मैले

हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल)
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Monday 23 August 2010

जन्मौ जन्मको नाता जोडे मैले

                          Arjun अर्जुन Shahjan शाहजन
मन भित्र भावना लाई
पोको पार्न छोडे मैले
फुल फुलाउनै उचित लाग्यो
मन को बारी गोडे मैले ।



एकल यात्रा गर्दागर्दै के भयो खै
अचानक यात्रा मोडे मैले
समाजले त के के भन्यो तैपनि
एउटा कुरुती तोडे मैले ।


हो साच्चै ति अपरिचित सँग
जन्मौ जन्मको नाता जोडे मैले ।

जन्मौ जन्मको नाता जोडे मैले  
 
Share

Sunday 22 August 2010

आसन्न जनगणना र आइ.एल. ओ. १६९

मिना श्रेष्ठ

एक दशक पछि गरिने जनगणना पुनः २०६८ हाम्रो मुलुकमा हुदैछ। हामीकहा जनगणनाको इतिहास हेर्दा वि।सं।१९६८बाट शुरु भएको पाइन्छ। १०० वर्ष अघि शुरु भएको जनगणना फेरि २०६८ मा ११ औं राष्ट्रिय जनगणना हुन गई रहेकोछ। राष्ट्रिय जनगणनामा जुन जातिको जे जस्तो अवस्था छ त्यस्को सही सुचना तथ्याङ्क आउन सके समुदायलाई लक्षित गरेर विभिन्न योजना बनाउन सजिलो हुन्छ। हिजो सम्म भएका तथ्याङ्कलाई मिथ्याङ्क भन्ने गरिन्छ। किनकी हिजोको तथ्याङ्कमा "नभएको ठाउँमा नौ हजार भएको ठाउँमा भएन" भन्ने खाले तथ्याङ्क देख्न सकिन्छ। यो कुराको चासो विशेष गरि आफ्नो पहिचानको खोजि र हकहितको लागि लडिरहेका आदिवासी जनजातिलाई भएकोछ। हाल हामी कहा ५९ जाति सुचिकृत छन र धेरै सुचिकृत उन्मुखमा पहिचानको लागि लडिरहेकाछन। अव त मुलुक संघिय लोकतान्त्रिक गणतान्त्रिक भइ सकेकोछ धर्म निरपेक्ष भइसकेको छ। हिजोका जनगणनामा हिन्दु धर्मलाइ प्राथमिकतामा राखेर प्रश्न बनाइन्थ्यो सोधिन्थ्यो र लेखिन्थ्यो अनि यथार्थका तथ्याङ्क निस्किदैनथ्यो। पाचायतकालमा हिन्दु धर्मालम्बीहरु अत्याधिक देखाउन कुन धर्म मान्ने हो भनेर प्रश्न गर्दा पहिलो नम्बरमा हिन्दु राखेर सोधिन्थ्यो तर अब हुन लागेको राष्ट्रिय जनगणना २०६८ को मस्यौदाको व्यक्तिगत विवरण महल नं। ९ मा अझैपनि पहिलो हिन्दु त्यसपछि अरु अरु र अन्य राखिएकोमा नेपाली वर्णानुक्रम अनुसार राखिनुपर्छ। धेरै मानिसहरु कुनैपनि धर्म नमान्नेहरु पनि छन् तर धर्म नमान्ने वा नास्तिक भनेर राखिएको छैन। त्यो पनि राखिनु पर्छ र धर्म नमान्ने नास्तिकको पनि तथ्याङ्क आउनुपर्छ। धर्मको आधारमा धेरै वर्ष अघि देखि हालीमुहाली गर्दै ठूलाठालु बन्दै आएकालाइ यो कुरा अपच्य हुन सक्छ र अझै नि ढाकछोपको तथ्याङ्क आउन सक्छ।
 
राष्ट्रिय जनगणना पहिले राज्यको मात्र सरोकारको विषय बन्थ्यो तर अहिले सबैको महत्वपूर्ण चासोको विषय बनेकोछ। अघिल्लो जनगणना देखि आसन्न २०६८को राष्ट्रिय जनगणना सम्म आइपुग्दा मुलुकमा धेरै परिवर्तन भइसकेकोछ। राजनितिक सामाजिक सांस्कृतिक रुपमा जनतामा परिर्वतन आइ सकेकोछ। समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रमा सबैजातजाति आफ्नो हकलाइ सुरक्षित गर्दै आफ्नो पहिचानको साथ सार्वभौमतापूर्वक बाच्न पाउनुपर्छ। कतिपय ठाउमा कथित दलितवर्गले आफुलाइ हेला होचो सहनुपर्ने भएकोले सहि पहिचान लुकाएको पाइन्छ यो हेपाहा प्रवृतिको अन्त्य हुनुपर्छ। मातृभााषाको सवालमा धर्मको सवालमा जातजातिको सवालमा मिथ्याङ्क आउने प्रवृत्ति नेपालमा मात्र नभइ अन्य मुलुकमा पनि भएको पाइन्छ। यसो गर्दा कुन भाषा भाषी कुन जातजाति कुन धर्मालम्बीको समुदाय पछि पारिएको छ थाहा हुन सक्दैन। वास्तविक विवरण नआउदा लक्षित समुदायमा राज्यबाट पाउने अवसर र सुविधाबाट बिाचत हुन पर्नेहुन्छ। हाल नेपालमा मातृभाषा बोल्ने को संख्या कति छ र कहा कहा बोलिन्छ बहुभाषिक नेपालमा यथार्थको तथ्याङ्क आउन जरुरी हुन्छ। मातृभाषा जातिय पहिचानको सुचक हो। यदी कोइ आफ्नो मातृभाषा बोल्न जान्दैन तर मेरो मातृभाषा हो भन्छ भनि उस्को पहिचानमा राखिनु पर्दछ। मातृभाषा बोलिने तर सुचिकृत नभएकाको संख्या धेरै छन तरपनि जनगणनामा प्रवेश पाएका छैनन्। उदाहरणका लागि डोने भाषा सिन्धुपाल्चोककाभ्रे र ललितपुरमा बोलिन्छ तर सुचिकृत भएको छैन। त्यस्तै धनकुटा मोरङ्ग सुनसरी भोजपुर इलाम र झापामा आठपहरिया भाषा बोलिन्छ तर सुचिकृत नभएकोले राज्यमा कुनै तथ्याङ्क छैन। राष्ट्रिय जनगणनामा देखाएका तथ्याङ्कहरु कतिपय कपोकल्पित ढंगमा राखिएको छ।विगत २०५८ सालको जनगणनामा १०३ जातबाट तथ्याङ्क लिइएकोमा संखुवासभामा राउटे १ जना सोलुखुम्बुमा मुसहर १ जना ओखलढुङ्गामा वादी ३ जना र सुनसरीमा चेपाङ्ग ४४ जना भनेर तथ्याङ्क देखाइएको छ। के २०५८ सालमा यो जनसंख्या त्यसठाउँमा थिए त ५ लाख जनसंख्या भएको दनुवारलाई ५० हजार भनिएको छ। यस्ता झुठा तथ्याङ्कहरु आउन हुदैन। आफ्नो मातृभाषालाई स्थान नदिएको र पहिचान गुम्दै गएको गुनासाहरु धेरै छन। ३५ भन्दा बढी भाषाहरु राष्ट्रिय जनगणनामा छुटेका छन। लोपोन्मुख भाषाहरुलाई राज्यले संरक्षण गर्नपर्ने भएकोले यसलाई संरक्षण गर्न नैतिक दायित्व पनि हो। त्यसैले भाषाको सहि सुचना तथ्याङ्क आउनपर्छ। केन्द्रिय तथ्याङ्क विभागमा अधिकृतहरु चयन गरिदा आदिवासी जनजातिहरुको पनि समानुपातिक सहभागिता आवश्यकता छ र जनगणनाको टोली पठाइदा सम्बन्धित जिल्लामा सम्बन्धित भाषाविज्ञलाई सहजकर्ताको रुपमा राखिनुपर्छ अनिमात्र भाषा तथा जातिय पहिचानको सहि तथ्याङ्क आउन सक्छ।

अवको राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको सम्पूर्ण तथ्याङ्क आउनपर्छ र हिजो हुने गरेका हिजो आउने गरेका मिथ्याङ्क भनिएकोलाइ अव फेरि मिथ्याङ्क हुनबाट जोगाउन राज्यको ध्यानआर्कषण हुन पर्दछ। मुलुक संघियतामा जान लागिरहेको अवस्थामा हुन लागिरहेका राष्ट्रिय जनगणना२०६८को पाइलट सर्भे पनि भइसकेको छ। त्यसैले यस्को महत्वलाइ व्यापक बनाइनुपर्छ। राष्ट्रिय जनगणना भइसकेपछि त्यस्को परिणामलाइ विरेाध गरिनु र सच्याइन भन्दा अहिले नै सबैको चासो बन्नु पर्छ र युगौ देखि पछि पारिएका आदिवासी जनजातिहरुलाई अवसर र सुविधाबाट बिाचत गराइनु हुदैन। क्ष्ीइ महासन्धि १६९ नेपालमा ०६४ भदौ ५ गते नेपाल सरकारले अनुमोदन गरेको हो। तरपनि राज्यले कार्यान्वयनका लागि आनाकानी गरिरहेकोछ। यस्का लागि क्ष्ीइ महासन्धि १६९ कार्यान्वयनका लागि आदिवासी जनजाति अनुगमन तथा समन्वय समितिक्ष्एःऋऋ गठन भइ सकेकोछ र यसले नेपालमा कसरी क्ष्ीइ महासन्धि १६९ कार्यान्वयन गराउन सकिन्छ भनेर कार्ययोजना बनाउदैछ। यो समितिले सम्पूर्ण आदिवासी जनजातिहरुको हितको लागि हस्तक्षेपकारी भुमिका खेल्नुपर्छ। जनगणनाको टोली पठाउदा उत्तरदातालाई उत्तर दिन सचेत गराउन आम सचेत आदिवासी जनजाति युवाहरु टोलटोलमा जुटनुपर्छ। आदिवासी जनजातिहरुको जनसंख्या ५० प्रतिशत भनिरहदा अहिले सम्मको तथ्याङ्कमा ३७ प्रतिशत भनिएको बेला आसन्न जनगणनामा युवाहरुले प्रभावकारी प्रतिनीधीत्व र सहभागी जनाउनुपर्छ।
 
(लेखिका आदिवासी जनजाति युवा महासंघको केन्द्रिय सदस्य हुनुहन्छ।)


Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Wednesday 18 August 2010

पंक्षि मा राम्रो डाँफे फुल मा लाली गुराँस



             पंक्षि मा राम्रो डाँफे फुल मा लाली गुराँस
              हामी लाई लाग्छ राम्रो नेपाली धर्ती आकाश



Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

भ्रस्टचारी नेताहरु

सगरमाथा सिर हाम्रो नेपालीको शान
भिर्कुटी र बुद्ध हाम्रा बाड्डै हिद्थे ज्ञान
कता गए बुद्ध हाम्रा फैलियछ द्धन्द
दिवश बन्न थाले अचेल हड्ताल र बन्द
नेता जी लाई कुर्सी प्यारो जनता लाई काम
नियती भो नेपाली को माग र चक्क जाम
कहिले छैन मत्तितेल कहिले छैन बत्ती
भोको पेट र अन्धकार मा दिन बिताउछन कत्ती
कती बगे यो देश मा रगत को खोली
भ्रस्टचारी नेताहरु खेल्छन रमाई होली
ससुराली भन्दा प्यारो कोहिलाई सिङ्दरबार
कती सिउदो पुछी सके कती लुटे घरबार
सुन्दर शान्त नेपाललाई पारे हिलो मैलो
नेपालको राजनीति तिहारको भैलो
कोही माग्छन चन्दा यहाँ कोही माग्छन भोट
निमुखा यि जनता लाई सधैं पिर चोट
रामे श्यामे उस्तै भए उही ड्याङ का मुला
माख्खो मार्ने होइन कोही भाषाण गर्छन् ठुला
थोत्रो चप्पल नफाल्नु है बनाउनु छ माला
हाडी मोसो सँगल्नु है सजाउनु छ गाला
                                      -देवराज श्रेष्ठ

Share