कस्तो माया लाँए मैले भुल्नै गाह्रो भो
नौनी सरी पग्ल्यो मन समाल्न सारो भो
मुटु भित्र मायाको तिर गडे जस्तो भो
बिरानीमा मायाको पीर चडे जस्तो भो
दुई मुटु को मिलन आज टुटे जस्तो भो
मन भित्र खहरे छुटे जस्तो भो
बिपना लाई सपना झै भुल्नु पर्ने भो
जिन्दगी लाई नशा संगै घुल्नु पर्ने भो
एकतर्फी रैछ माया चिन्न सकिन
जब पाए तिम्रो खबर हिन्न सकिन
ह्रदयमा बस्यो माया फालु कसरी
टुक्रियको यो मनलाई टालु कसरी
गह भारी आँसु थामी हाँसु कसरी
एकोहोरो मायामा म बाँचु कसरी
A collection of sweet feelings and rememberance... keep it up !
ReplyDeletehi d r G TAPAINKO KABITA PADNA PAE THIS IS VERY GOOD .
ReplyDelete