धर्ती सरी खुशीहरु फाट्दा
मरस्यान्दी झै अटुट यी आँसुहरु बग्दा
मायाहरु छताछुल्ल भै पोखिदा
पिरतीहरु छाल बनी बग्दा
निर्दोष यी दुई नयन बिचलित भै टोलाई रहे
बर्षा झरीमा आशाको मुना नपलाएको होइन
तर
मेरा आशाहरु सपनीमा अँगालेको कथा जस्तो
सोचाइ र गराइमा फरक परे जस्तो
एक पछि अर्को गर्दै बिछोडको पगरी लागे जस्तो
अझै
भनौ कटु सत्यता माथि धावा बोले जस्तो
निस्फिक्री
खुशी फाटिरहे
आँसु बगिरहे
माया पोखिरहे
पिरती बगीरहे
सायद
भाग्यले ठगेर होकी परिस्थितीको लगाम लागेर
कयौ पटक हाँसो आँसुमा
अनी
बिपना सपनामा बेरिरहे
गन्तब्य बिना नै मायाको डुंगा घोप्टिदा
अल्पत्र परेको यात्री जस्तो
पिडा र बिछोडको दोसाधमा
आफ्नो अन्तिम दिनको पर्खाइमा
तिनै आँसुको मरस्यान्दीमा बगिरहेछु छु
अनन्त
सम्म बगिरहने छु
-देवराज श्रेष्ठ
No comments:
Post a Comment