एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Sunday 23 August 2009

ईशारा


अतितका भाँति कुरा भुल्न मलाई कर लाग्यो ।
बिना आज्ञा तिम्रो ओठ चुम्न मलाई डर लाग्यो ।
तेसै फूली ओइली झरे मेरा मनको ईच्छाहरू ।
भैगो अब बन्द गर तिम्रो प्रेम का भिक्षाहरु ।
जुन सँग दांजू भने औसि आई छेकी दिन्छ ।
घाम सँग दांजू भने ग्रहण पो देखि दिन्छ।
पाइन मैले माया दाज्ने यो धर्तीमा अरु केहि ।
छात्ती चिरी देखाउला तिम्रो लागी बरु केहि ।
हातमा हात जुधी सक्यो नजरमा नजर ।
पिउन अब बाँकी रहयो नशालु त्यों अधर ।
जहर हो की तिम्रो अधर बसन्तको बहार ।
सुक्खा तिम्रो यौबनमा चलाई दिउकी नहर ।
ईशारा नै काफी हुन्छ बोल्न लागे लाज ।
टाउको हल्लाई देऊ मात्र भोली होइन आज ।

-देवराज श्रेष्ठ

2 comments:

  1. good poem keep it up.

    ReplyDelete
  2. k bhanna khojeko yo dev jee yo kabitale?

    ReplyDelete