Wednesday, 25 November 2009
जलाई देउ मेरा तस्बिरहरु
म अस्ताए पनि तिम्रो नजर बाट
म ढले पनि तिम्रो अधर बाट
बन्द नगर स्मृतिका पानाहरु
अनी
न मेटाउ मुटु भित्र कोरिएका व्रित चित्रहरु
तिम्रो अपार प्रेम सागरमा म सुके पनि
तिम्रो अनमोल बाचा र कसममा म चुके पनि
न फेर मायाका काँचुलीहरु
न भत्काउ मनका बाँधहरु
बरु
जलाई देउ मेरा तस्बिरहरु
तिम्रो रंगिन संसार लाई तगारो बन्छ भने
हाँसेर आँसु बगाउन सिकौला
तर
न निभाउ प्रेमका धुनीहरु
न चुँडाउ प्रेमका चँगाहरु
बरु
सजाइ राख मन भित्र माया अनी आँखा भरी सम्झनाका कोसेलीहरु
मायाको खातिर
तिम्रो प्रेममा पर्खाल लागे पनि
न जलाउ हाम्रो प्रेम का अबसेशहरु
अनी
न छोड नियाल्न मयाका क्षितिजहरु
कुनै दिन
तगारो उग्रिन सक्छ
पर्खाल भत्किन सक्छ
क्षितिज् मा फेरी कान्तिमय लाली उदाउन सक्छ
अनी
इतिहास फेरी दोहोरिन सक्छ
साँचिकै ईतिहास दोहिरिन सक्छ
Labels:
कविता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment