एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Friday 25 December 2009

नोबेल शान्ति पुरस्कार


काठमाडौं, ९ पुस

सरकारले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारका लागि नेपालका तर्फबाट सिफारिस गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले राखेको सिफारिस प्रस्ताव सर्वसम्मत पारित भएको हो । नेपालको शान्तिप्रक्रियामा कोइरालाले पुर्‍याएको योगदानका लागि नोबेल पुरस्कार पाउनुपर्ने दाबीसहित सिफारिस गर्ने निर्णय बैठकमा भएको प्रवक्ता एवं सञ्चारमन्त्री शंकर पोखरेलले बताए ।

यसैगरी, सरकारले नेपाली सेनाका उपरथी तोरणजंगबहादुर सिंहलाई बलाधिकृत रथीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उपरथी सिंहलाई बलाधिकृत रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनी द्वन्द्वकालमा भैरवनाथ गणमा रहेका ४९ आस्थाका बन्दीलाई बेपत्ता बनाउने कार्यमा संलग्न रहेको भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विवादित सैनिक अधिकृत हुन् ।

सेनाभित्र उनी प्रधानसेनापति छत्रमानसिंह गुरुङपछि दोस्रो बरियतामा रहनेछन् । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको पालामा दोस्रो बरियतामा रहेका कुलबहादुर खड्काको अवकाशपछि यो पद खाली थियो ।

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको लोकतान्त्रीकरण गर्न रक्षामन्त्री विद्यादेवी भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय मन्त्रीस्तरीय समितिसमेत बनाएको छ । समितिमा गृहमन्त्री भीम रावल, कानुनमन्त्री प्रेमबहादुर सिंह, संस्कृतिमन्त्री मीनेन्द्र रिजाल र विनाविभागीय मन्त्री लक्ष्मणलाल कर्ण सदस्य छन् ।

बैठकले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको म्याद चार महिना थप्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताए । अनमिनको म्याद आगामी ९ माघमा सकिँदै छ ।

त्यस्तै, सरकारले रुकुमकी पत्रकार टीका विष्टलाई उपचार तथा राहतस्वरूप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । आफ्नै सहकर्मीबाट बलात्कृत महिला प्रहरी सुन्तली धामी घटनाबारे छानबिन गर्न पनि मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय लिएको मन्त्री पोखरेलले बताए ।

No comments:

Post a Comment