एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Wednesday 23 December 2009

बिश्वकप फुटवल २०१०


२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचयस् २ अर्जेन्टिना बिश्वकपमास् १९३० मा द्बितिया, १९३४ पहिलो चरण, १९५८ पहिलो चरण, १९६२ पहिलो चरण, १९६६ क्वाटर फाईनल, १९७४ दोस्रो चरण, १९७८ बिश्व बिजेता, १९८२ दोस्रो चरण, १९८६ बिश्व बिजेता, १९९० उप बिजेता, १९९४ दोस्रो चरण, १९९८ क्वाटर फाईनल, २००२ पहिलो चरण, २००६ क्वाटर फाईनल बिश्वकपमा ६५ खेल खेलेकोमा ३३ जित १३ बरावरी तथा १९ हार । बिश्वकपमा उतकृष्ट प्रदर्शनस् १९७८ तथा १९८६ मा बिश्व बिजेता बिश्वकपमा सबभन्दाबढी खेल्नेस् डियागो माराडोना २१ ९१९८२, १९८६, १९९०, १९९४० बिश्वकपमा अर्जेन्टिनाका लागी सबभन्दा बढी गोलस् गाब्रियल बातिस्तुता ९ ९१९९४, १९९८, २००२० बिश्वकपका उतकृष्ट क्षणस् १९८६ को क्वाटर फाईनलमा बेलायत बिरुद्ध माराडोना एक्लैले लगेर हातले गोल हुन पुगेको क्षणले अर्जेन्टिनाको बिश्व बिजय बन्ने बाटो खुलेको । बिश्वकपमा खराब प्रदर्शनस् १९५८ मा स्विडनमा भएको बिश्व कपमा चेकोस्लाभाकियन द्बारा ६-१ ले पराजित। १९८२ देखि १९९४ सम्म अर्जेन्टिनाका लागी खेलेका डियागो माराडोनालाई अर्जेन्टिनाको बिश्वकपका नायक मानिन्छ। तर उनले बेलायत बिरुद्ध गरेको हाते गोल बिश्व कप ईतिहाँसकै चर्चित तथा बिवादस्पद गोलको रुपमा रहेको छ । १९७८ को बिश्व कप फाईनलमा खेल अवधि सम्म अर्जेन्टिना तथा नेलरल्याण्ड बरावरीमा रहेकोमा अतिरिक्त समयको खेलमा मारियो केम्पसले गोल गरी अर्जेन्टिनालाई बिश्व बिजेता बनाएको थियो। १९९० मा अर्जेन्टिनालाई जर्मनीले रोममा भएको फाईनल खेलमा १-० ले हराएको थियो। अर्जेन्टिनाले बिश्व कपको छनौट चरणमा एक पटक मात्र असफल भएको थियो तर राजनैतिक कारणले अर्जेन्टिनाले ३ पटक बिश्व कपमा भाग लिएको थिएन। यस पटकको बिश्व कप छनौट चरणमा अर्जेन्टिना आफ्नो समुहको अन्तिम खेल पछी मात्र छनौट हुन सफल भएको थियो। यस खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हराउदै बिश्व कपमा छनौट भएको थियो। यसै समुहका अर्जेन्टिनालाई बोलिभियाले ६-१ ले पराजित गरेको थियो। अर्जेन्टिनाका महान खेलाडी डियागो माराडोना अर्जेन्टिना टोलीको प्रशिक्षकको रुपमा रहेको छ। यस बर्ष अर्जेन्टिनाले बिश्व कप छनौट चरणमा १८ खेल खेलेकोमा ८ जित, ४ बरावरी तथा ६ मा हार भएको थियो। अर्जेन्टिनाले २३ गील गरेको थियो भने २० खाएको। अर्जेन्टिनाका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी लियोनेल मेस्सी ले १८ खेल खेलेका थिए। यसतै गोल तर्फ सर्जियो अगुरो, लियोनेल मेस्सी र जुआन रोमन रिक्विल्मे ले छनौट चरणमा ४ ४ गोल गरेको थियो।
Best regards,

No comments:

Post a Comment