एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Tuesday 25 August 2009

गीत्-चुलबुले सानी

किन किन किन किन किन किन किन किन
मन भयो चन्चल-२
चुलबुले बानी ले नक्कली सानी ले मचायो हल्चल।
हिउं जस्ती गोरी गोरी धर्तिकी छोरी मोरी
मन भयो चंन्चल-२
चुलबुले बानी ले नक्क्ली सानीले मचायो ह्ल्चल।
किन किन किन००००००००००००००
मान्छे हेर्दा सानी सानी ढल्की हिड्ने उस्को बानी
मन भयो चन्चल-२
चुलबुले बानी ले नक्कली सानी ले मचायो ह्ल्चल।
किन किन किन०००००००००००००००००००
रुप हेर्दा परी जस्तोबानी उस्को चरी जस्तो
मन भयो चन्चल-२
चुलबुले बानी ले नक्कली सानीले मचायो ह्ल्चल।
किन किन किन०००००००००००००००००००००००
मुहार उस्को चन्द्र जस्तो उमेर उस्को पन्द्र जस्तो
मन भयो चन्चल-२
चुलबुले बानी ले नक्कली सानी ले मचायो ह्ल्चल।
किन किन किन००००००००००००००००००००
बोली उस्को गोली जस्तो मन सङ्लो खोली जस्तो
मन भयो चन्चलल-२
चुलबुले बानी ले नक्कली सानी ले मचायो ह्ल्चल।
किन किन किन किन किन किन किन किन
मन भयो चन्चल-२ मन् ०००० भयो ०००० चन्चल्ल्ल्ल्
रचना-देबराज श्रेष्ठ
मेलोडी- सुबिन गुरुङ

मेरो भ्यालेन्टाइन

२००९ को मेरो भ्यालेन्टाइन कार्ड ब्लग मार्फत सार्बजानिक

Sunday 23 August 2009

पर्खाइमा भिज्यो सिरानी

सायद बिछोड को पिडाले यो छाती चिरियर होला आफ्नो आतीत लाई नियाल्दै ब्याग्र मन लियर चाडै फर्किआउने अनुरोध गर्दै पर्खि बसेको आफ्नो माया को आलो याद यो मानस पतलमा अल्झाई दिन्छ तेसैले होला मेरो लागी यो गीत संगीत अमृतमय लाग्छ सायद तपाईको मन पनि जित्न सक्छ एक नजर हेर्नुहोस ।

ईशारा


अतितका भाँति कुरा भुल्न मलाई कर लाग्यो ।
बिना आज्ञा तिम्रो ओठ चुम्न मलाई डर लाग्यो ।
तेसै फूली ओइली झरे मेरा मनको ईच्छाहरू ।
भैगो अब बन्द गर तिम्रो प्रेम का भिक्षाहरु ।
जुन सँग दांजू भने औसि आई छेकी दिन्छ ।
घाम सँग दांजू भने ग्रहण पो देखि दिन्छ।
पाइन मैले माया दाज्ने यो धर्तीमा अरु केहि ।
छात्ती चिरी देखाउला तिम्रो लागी बरु केहि ।
हातमा हात जुधी सक्यो नजरमा नजर ।
पिउन अब बाँकी रहयो नशालु त्यों अधर ।
जहर हो की तिम्रो अधर बसन्तको बहार ।
सुक्खा तिम्रो यौबनमा चलाई दिउकी नहर ।
ईशारा नै काफी हुन्छ बोल्न लागे लाज ।
टाउको हल्लाई देऊ मात्र भोली होइन आज ।

-देवराज श्रेष्ठ

Saturday 22 August 2009

Friday 21 August 2009

दुखी जीवन

बिर्सियर हाँस्छु कहिले बाध्यताले रुन सिके।
सिङो धर्ती भित्र आज दोसी आँफै लाई देखे।
कहिले लड्छु भाग्य सँग कहिले लड्छु दु:ख सँग।
कर्म भन्ने कस्तो खेल हो आँफै आँफै पर्छु दङ्ग।
दु:ख पिडा मेरो लागि जिन्दगी को खेल भयो।
हिउद मास को पाउदी फाउदी मेरो लागी भेल भयो।
पापी रईछ ईश्वर पनि कस्लाई भने सुखै सुख।
दु:ख मा गो यो जीन्दगी मन भयन कहिले धुक्क।
मेरो जस्तो दुखी जीवन नभयकै राम्रो बरु।
जन्म दियौ ईश्वर तैले सुख थप्न बिर्सियौ अरु।
बाँच्न मलाई रहर छैन राजी म त मर्न बरु।
उपदेश त श्राप भयो बिशको प्याला देउ अरु।

Thursday 6 August 2009

मेरी माया


कोही लेख्छन तारा को गीत कोही लेख्छन जुनको ।
म त लेख्छु सधैं भरि माया मेरी उनको ।
मोती जस्तो दन्त लहर मृग नयन आँखा ।
कम्मर उस्को बारुली त कोहिली जस्तो भाका ।
आफ्नो भन्दा बेसी माया लाग्छ मलाई उनको ।
भोक छैन प्यास् छैन झल्को मलाई गुनको ।
आँखा भरि उनको छाया मुटु भरी माया ।
सपनी मा देख्छु सधैं आफ्नै दाँया बाया ।

तीजको महिमा

हिन्दू नारीले मनाउने तीज मनोरञ्जनयुक्त चाड हो श्रीमान्को दर्ीघायु तथा अटल सौभाग्यका लागि शिवजीको व्रत बस्ने चलन रहेको यो पर्व परिवारका सवै सदस्य एकसाथ भएर मनाइन्छ । लगातार पाच दिनसम्म मनाइने यो पर्वमा नेपाली नारीहरू गीत-संगीत सुनेर तथा गाएर मनोरञ्जन गर्छन् । यसपटकको तीजमा नेपाली चेलीका लागि गायक-गायिकाहरूले तीजसम्बन्धी गीति संग्रहहरू बजारमा ल्याइसकेेेका छन् ँपोइल जान पामगीत गाएर चर्चामा आएकी कोमल वलीले तीज गीत संकलनमा पनि ख्याति कमाएकी छिन् । यसपटकको तीजमा उनले तयार पारेको गीति संग्रहको शर्ीष्ाक नै ँझकासराखिएको छ । उनको आफ्नै क्यासेट कम्पनी ँके सिरिजले बजारमा ल्याएको यो संग्रह अघिल्ला तीजभन्दा फरक गीत समावेश गरिएको वलीको कथन छ । यो संग्रहमा गायिका वलीका अतिरिक्त अन्य दर्ुइ गायिका रिजा उप्रेती तथा जुना प्रर्साईंको पनि स्वर सुन्न सकिन्छ । ँमेरा अघिल्ला गीतभन्दा यो गीत हरेक दृष्टिकोणले पृथक् छवली भन्छिन्-ँगीतको शब्द, भाका, गायन शैली तथा म्युजिक भिडियो आकर्ष पाउनुहुनेछ । ँनाच्नै नजान्ने, नाच्नै नमान्ने व्यक्ति पनि यो संग्रहका गीत सुनेर नाच्नुहुनेछ
लोक संगीतमा ख्याति कमाएका बद्री पंगेनी र धमेश दुलालको स्वरलाई समेटिएर सुनीता दुलालले म्युजिक डटकममार्फ् गीति संग्रह ँफेरि आयो स्वामीज्यू माइत जाने दिनपनि तीजकै अवसर पारेर बजारमा ल्याइएको छ । तीजकै अवसर पारेर रिबेल क्रियसनले बजारमा ल्याएको गीति संग्रहको नाम हो, ँनाचौं बरिलै। एकल तथा दोहोरी भाकाको यो संग्रह पनि साउनको दोस्रो सातादेखि बजारमा उपलब्ध छ । गायक रामचन्द्र काफ्ले तथा गायिका जुनु रिजालको स्वरमा सजिएको यो संग्रहमा जम्मा चारवटा तीज गीत सुन्न सकिन्छ । विष्णु माझीको एकल स्वर रहेको गीति संग्रह ँपुतलीको भट्टीपनि साउनको दोस्रो हप्तादेखि बजारमा उपलब्ध छ । सपना म्युजिक सेन्टरले बजारमा ल्याएको यो संग्रहमा तीजसम्बन्धी आधा दर्जनभन्दा बढी गीत समावेश छन् । यो संग्रहका गीतका म्युजिक भिडियोहरू टेलिभिजनबाट पनि प्रसारण भैरहेका छन् तीजकै अवसर पारेर बजारमा आएका गीति संग्रहमध्ये ँनम्बरी बूढापनि एक हो उनीहरूले लोक दोहोरी भाकामा ढालेर आफ्नो संग्रह ँजलेसी-जमुनाश्रोतासामु ल्याएका छन् । शिला क्यासेट सेन्टरले बजारमा ल्याएको यो एल्बममा तीज भाकाका दर्ुइवटा दोहोरी गीत सुन्न सकिन्छ । तीनवटा गीत समावेश गरिएको यो संग्रहलाई नमस्ते म्युजिकले बजारमा ल्याएको हो । तीजसम्बन्धी गीतका संग्रहहरूको सूचीमा यो वर्षँओए बूढा
पनि थपिएको छ । यो संग्रहमा गायिका जानकी पन्तको स्वर सुन्न सकिन्छ । संग्रहमा जम्मा दर्ुइवटा गीत समावेश छन् । यो संग्रहलाई रारा क्यासेट सेन्टरले बजारमा ल्याएको हो । श्रीमान्-श्रीमतीको लोक दोहोरी तथा एकल गीत रहेको गीति संग्रह ँमाइती आगनभने साउनको अन्तिम साता बजारमा आएको छ । सितारा म्युजिकले बजारमा ल्याएको यो संग्रहमा गायक राजु परियार तथा गायिका अमृता परियारले गाएका मार्मिक तीज गीतहरू सुन्न सकिन्छ छोरी पाउनेहरूलाई हेला गर्ने परम्पराप्रति व्यंग्य गर्दै तयार पारिएको तीज गीति संग्रह ँहेर न लालुमाई म कति राम्रीमा गायिकाहरू शकुन्तला थापा, सिर्जना विरही थापा तथा विष्णु थापाको स्वर सुन्न सकिन्छ । संग्रहमा समावेश गरिएका दर्ुइ गीतमध्ये एकमा दर्ुइटी राम्री युवतीले आफूलाई राम्री छु भनेर वर्ण्र्ाागरिएको भाव समेटिएको छ

Sunday 2 August 2009

हैप्पी फ्रेंडशिप डे

आजको बिशेष दिमा संपूर्ण परिचित तथा अपरिचित मित्रहरुमा सदैब चोखो मित्रता कायम रहोस
हैप्पी फ्रेंडशिप डे - देवराज श्रेष्ट