एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Thursday, 26 August 2010

गजल - परेलीमा


                                -अविरल अधिकारी 

 परेलीमा आँशु रोक्ने, बार लाउन पाए
चालिएका कदमको, सार लाउन पाए

भुमरीमा फसेको छ, बगिजाने खोला
अल्झाउने समस्यालाई, पार लाउन पाए.

बगिजान्छन् हर्ष उल्लास, वर्षे भेल सरि
मौरीले झैँ मह राख्ने, घार लाउन पाए.

जता पाउ चालेपनि, सधै अल्झिएका
अवरोधका फेदीमा नै, धार लाउन पाए

सफलताको शिखर चुमी, गर्व गरेर नै
पित्तलकै भए पनि हार लाउन पाए.

                          -अविरल अधिकारी

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

गजल - दुनियाँ


                -शान्ता झाँक्री

दुनियाँले हेप्छ भनी,तिमी भाग्न नखोज है ,
म दिउँला तिम्रो साथ ,अन्तै लाग्न नखोज है ।।

म ठूलो रे,खै कसरी?, तिमी सानो जात अरे !
प्रेम प्रस्ताव राख्दैछु म,वचन नाघ्न नखोज है ।।

सीप सबै चल्ने तिम्रो,बिहे चाँहि नचल्ने रे !
यो संस्कार फाल्नुपर्छ ,दया माग्न नखोज है ।।

मूर्ति कुँद्न हुने तर , पूजा गर्न नहुने रे !
आफ्नै जातलाई तिमी, आफै दाग्न नखोज है ।।

कूवा खन्न मिल्ने तर ,पानी छुँदा नचल्ने रे !
खुल्ला समाज बनाउँनुछ ,पर्दा टाग्न नखोज है ।।

                                                   -शान्ता झाँक्री

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

के भयो र यौटा साथ

                                             -Jitendra Malla
 
के भयो र यौटा साथ, छुट्यो छुट्न दिएँ ।
मन भन्नु शीशा न हो, टुट्यो टुट्न दिएँ ।

दिनु साटो खोस्न मात्रै, जान्यो भाग्यले नि,
अलिकती खुशी थियो, लुट्यो लुट्न दिएँ ।

दोश तिम्रो हो कि मेरो, या त नियतिको,
अन्यौलको भुमरीले भुट्यो भुट्न दिएँ ।

जिन्दगी हो जसो तसो , ज्युँनु पर्छ सोची,
अठोट लिई मन मेरो, उठ्यो उठ्न दिएँ । 
                                                             
                                      -Jitendra Malla
 
Share

Thursday, 23 July 2009

गजल

मोती जस्तो सितको थोपा चाँदनीको रातमा पनि ।
एक्लो लाग्छ यो जिन्दगी दुनियाँको साथमा पनि । ।
रातमा फुल्ने रातकी रानी सुर्यमुखी दिनमा फुल्ने ।
निष्ठुरीको आशा बोकी भमरा झै कता डुल्ने । ।
शुन्य लाग्छ आज मलाई नशाको मातमा पनि ।
मोती जस्तो सितको थोपा चाँन्दनी रातमा पनि । ।
तिम्रो लागि सँगाअलेछु प्रदेशीको माया पनि ।
सार्हो पर्‍यो देख न मलाई माया का ती छाया पनि । ।
मन फुल्छ तिमी सँग सपनीको साथमा पनि ।
मोती जस्तो सितको थोपा चाँन्दनिको रातमा पनि । ।
उपहार भो तिम्रो लागी धर्ती घाम जुन पनि ।
तिम्रै गीतमा हराए झै बाँसुरीको धुन पनि । ।
चुम्न मलाई रहर भयो गुलबी ती हातमा पनि ।
मोती जस्तो सितको थोपा चाँदनीको रातमा पनि । ।