एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Thursday 23 July 2009

गजल

मोती जस्तो सितको थोपा चाँदनीको रातमा पनि ।
एक्लो लाग्छ यो जिन्दगी दुनियाँको साथमा पनि । ।
रातमा फुल्ने रातकी रानी सुर्यमुखी दिनमा फुल्ने ।
निष्ठुरीको आशा बोकी भमरा झै कता डुल्ने । ।
शुन्य लाग्छ आज मलाई नशाको मातमा पनि ।
मोती जस्तो सितको थोपा चाँन्दनी रातमा पनि । ।
तिम्रो लागि सँगाअलेछु प्रदेशीको माया पनि ।
सार्हो पर्‍यो देख न मलाई माया का ती छाया पनि । ।
मन फुल्छ तिमी सँग सपनीको साथमा पनि ।
मोती जस्तो सितको थोपा चाँन्दनिको रातमा पनि । ।
उपहार भो तिम्रो लागी धर्ती घाम जुन पनि ।
तिम्रै गीतमा हराए झै बाँसुरीको धुन पनि । ।
चुम्न मलाई रहर भयो गुलबी ती हातमा पनि ।
मोती जस्तो सितको थोपा चाँदनीको रातमा पनि । ।

No comments:

Post a Comment