एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Tuesday 20 July 2010

जल्न देउ

जल्न देउ यो मनलाई कहीले सम्म जल्दो रहेछ
न निभाउ यो बचनको आगो कहीले सम्म बल्दो रहेछ

बिना आगो ल्ने मन कहीले सम्म चल्दो रहेछ
न उठाउ यो जिउदो लास कहीले सम्म धल्डो रहेछ

डड्न देउ यो मन लाई कती सम्म डड्दो रहेछ 
न निभाउ बचन को आगो कति सम्म बड्दो रहेछ

छोडी देउ यो मनलाई कति सम्म गड्दो रहेछ
न उठाउ यो जिउदो लास कति सम्म सड्दो रहेछ

हुन देउ यो मन लाई खारनी कति सम्म बिक्दो रहेछ  
न उठाउ जिउदो लास कति सम्म टिक्दो रहेछ

हेर्दै छु म भावी लाई कति सम्म लेख्दो रहेछ
न सुनाउ कसैलाई कति सम्मम देख्दो रहेछ
                -देव राज श्रेष्ठ -२० जुलाई 2010Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

मन

खुशी छैन मन आज मुटु भित्र चोट परेको छ
कस्तो पापी रहेछ मन बुझाउनै गाह्रो परेको छ
हिजो अरुलाई समझाउथे आज आफुलाई परेको छ
फुल सरी फुलेको मन आज पात सरी झरेको छ
अबिस्वास ले होकी कतै शंका मात्र गरेको छ
मेरो गल्ती होकी कतै मनको बसाँइ सरेको छ
किन किन आज भोली मन मा शंका भरेको छ
मेरो मन मुटु भित्र चोट को बिउ छरेको छ
चोट पर्दा मुटु भित्र जिउदो जाँगर मरेको छ
आँसु झार्न वाध्य भए पिडा ले मन भरेको छ
खुशी मा भुल्ने मन आज मायाको जांघर तरेको छ
भुल्न सक्ने हो की होईन दोधर मा मन परेको छ 
       - देव राज श्रेष्ठ -१९ जुलाई २०१०   

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Monday 19 July 2010

चुट्किला

नेपालमा एउटा यस्तो चम्त्कारी मन्दिर थियो रे की जुन मन्दिर मा जो सुकै भक्तालु हरु दर्शन गर्न गए पनि गायब हुने रे तेसै क्रम मा एक दिन नेपालका नेता भनौदा प्रचन्ड दर्शन गर्नको लागि गए छन् जब मन्दिर भित्र छिरेको त नेता जी नै गायब भएछन तेस पछि हाम्रा ते क्योन्दो खेलाडी दिपक बिष्ट गए छन् उ पनि मन्दिर भित्र छिर्ने बितिकै आफ से आफ गायब  भएछन अनी त हल्ला खल्ला निकै मचियछ तेस पछि के रहेछ त यो मन्दिर मा भनेर हाम्रो ग्याल्मोर हिरोइन रेखा थापा मन्दिर भित्र चिरेछन रेखा लाई के देखेको थियो भगवान ले भगवान खुद गायब भएछन।   
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

गजब छ बा !!!!


दुई जना नेता हरु भेट भएछन बार्ता सुरु भैगो अब बाटो अहीले खुल्ला जस्तो छैन जाऔ भो हिडेरै

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

सिन्डिकेट प्रथा

सिन्डिकेटप्रथा
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

तीन वर्षमै एल्बम

काठमाडौ, श्रावण २ -  यो अनौठो संयोग थियो । संसारकी सम्भवतः सबभन्दा कान्छी गायिका र नेपालका सम्भवतः जीवितमध्येका जेठा संगीतज्ञबीचको यो भेटलाई उतार्न क्यामेराका लेन्सहरू निकै तेर्सिए ।
'मैले पूरै जीवन संगीतमा बिताएँ,' नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले तीन वषर्ीया अतिथि गौतम केसीको एल्बम 'अतिथि' आइतबार विमोचन गरिसकेपछि र उनलाई 'लाइभ' सुनिसकेपछि प्रतिक्रिया दिए, 'तर आश्चर्यमा परेको दिन आजै हो ।' गाउने काममा प्रयोग हुने स्वर यन्त्र, फोक्सो आदिको पूर्ण विकासै नहुने उमेरकी बालिकाले पूरै ताल र सुरमा गाउनु गुरुङका विचारमा चमत्कार हो ।
'त्यो चमत्कार हाम्रै देशमा भएको छ, यो खुसीको कुरा हो,' वरिष्ठ संगीतकारले भने, 'यी नानीमा साँच्चै नै अद्भुत प्रतिभा छ ।'
गुरुङकै शैलीमा विदेशी सञ्चारमाध्यमले पनि अतिथिको प्रशंसा गरेका छन् । 'राम्रोसँग बोल्न पनि नजान्ने उमेरमा,' भारतीय सञ्चार माध्यम 'हिन्दुस्तान टाइम्स' को अनलाइन संस्करणले लेखेको छ, 'नेपालकी एउटी बालिकाले सोलो एल्बम निकालेकी छन् र गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् ।'
यो उमेरमा गाउनु आश्चर्य भएको भन्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले संसारभरका महत्त्वपूर्ण घटना भन्दै अतिथिका तीन तस्बिरलाई ठाउँ दिएको छ ।
उक्त एल्बममा अतिथिले राष्ट्रगानसहित 'सारेगरेगा...', 'कालु र भालु...', 'क, ख, ग, ए, बी, सी...', 'डाँडा माथि जून...' जस्ता नौ गीतमा स्वर दिएकी छन् । अर्जुन पराजुली, घनश्याम खड्का, उद्धव केसी र विनोद रोक्काका शब्दलाई जुगल डंगोल र रामकृष्ण दुवालले संगीत दिएका हुन् । अतिथिलाई एउटा गीतमा उनकी दिदी उष्णा र बुबा उद्धवले साथ दिएका छन् ।
कार्यक्रममा अतिथिले तीन गीत सुनाएर श्रोताहरूलाई मन्त्रमुग्ध पारेकी थिइन् । उनले गाउँदा उष्णाले हारमोनियम बजाएकी थिइन् ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई अतिथिले आफ्नो गायनकला देखाइसकेकी छन् । उनले नेपाल टेलिभिजनको कार्यक्रममा समेत गाएकी छन् । आफैं पनि गायक रहेका उद्धवले अतिथिमा निकै सानैदेखि अचम्मको प्रतिभा देखेको बताए ।
'जन्मेको ६ महिनामा बोल्नु, ८ महिनामा हिँड्नु, १० महिनामा पियानो बजाउनु र २ वर्षदेखि नै गाउन थाल्नु नौलो कुरा हो,' उनले भने, 'शब्द उच्चारणमा समस्या भए पनि उनले राम्ररी गाउन सकिन् ।' उनका अनुसार सानी गायिकाका रूपमा गिनिज बुकमा अतिथिको नाम लेखाउने प्रक्रिया अघि बढाइएको छ ।
Share

चुटकिला

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

चुटकिला

युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

चुटकिला

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’
मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’
‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो । Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

चुटकिला

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरी
टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share