एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Tuesday 20 July 2010

मन

खुशी छैन मन आज मुटु भित्र चोट परेको छ
कस्तो पापी रहेछ मन बुझाउनै गाह्रो परेको छ
हिजो अरुलाई समझाउथे आज आफुलाई परेको छ
फुल सरी फुलेको मन आज पात सरी झरेको छ
अबिस्वास ले होकी कतै शंका मात्र गरेको छ
मेरो गल्ती होकी कतै मनको बसाँइ सरेको छ
किन किन आज भोली मन मा शंका भरेको छ
मेरो मन मुटु भित्र चोट को बिउ छरेको छ
चोट पर्दा मुटु भित्र जिउदो जाँगर मरेको छ
आँसु झार्न वाध्य भए पिडा ले मन भरेको छ
खुशी मा भुल्ने मन आज मायाको जांघर तरेको छ
भुल्न सक्ने हो की होईन दोधर मा मन परेको छ 
       - देव राज श्रेष्ठ -१९ जुलाई २०१०   

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

No comments:

Post a Comment