एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Saturday 28 November 2009

मेरो कल्पनामा

Note: यदि तपाईंलाई गीत सुन्नु छैन भने Mute गर्नु होला।
-धन्यवाद

Thursday 26 November 2009

शिलशिला


सागर सरी चोखो माया तिमीलाई दिउला-२
यो ज्यान ले साथ दिए तिमी संगै जिउला
तिम्रो नभइ मरेछु भने अरको जुनी लिउला
सागर सारी चोखो माया तिमीलाई दिउला
आउ बसन छेउमा मीठा मीठा कुरा गरौ-२
बर्शौ देखि साचियका रहर हरु पुरा गरौ
तिम्रो साथ पायपछी हासी खुशी जिउला
तिम्रो नभइ मरेछु भने अरको जुनी लिउला
सागर सरी चोखो माया तिमीलाई दिउला
यो ज्यान ले साथ दिए तिमी संगै जिउला
शिलशिला --- शिलशिला

कसम



बेसी माया गरेउ हिजो आज कसम तोड्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
बाचा कसम भुले पनि देउराली छन् हाम्रो साक्षी
पर्खाइ राखेउ देउरालीमा अन्तै पाइला मोड्न रैछ
दु:ख सुख हाँसो खुशी बिसाउथे तिमी माथि
किन नजिक भयौ भन्थे मेरो मन चोर्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
किन खायोउ बाचा कसम संगै जिउने संगै मर्ने
झुटो बचन दियोउ किन अन्तै माया गोड्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
निस्वार्थ छ भन्थेउ माया साथ दिने खायोउ कसम
किन फाट्यो कुरा भन्थ्ये बीचमा माया छोड्न रैछ
आफन्त म हुन्थे किन पराइ मुटु जोड्न रैछ
पराइ मुटु जोड्न रैछ

Wednesday 25 November 2009

जलाई देउ मेरा तस्बिरहरु


म अस्ताए पनि तिम्रो नजर बाट
म ढले पनि तिम्रो अधर बाट
बन्द नगर स्‍मृतिका पानाहरु
अनी
न मेटाउ मुटु भित्र कोरिएका व्रित चित्रहरु
तिम्रो अपार प्रेम सागरमा म सुके पनि
तिम्रो अनमोल बाचा र कसममा म चुके पनि
न फेर मायाका काँचुलीहरु
न भत्काउ मनका बाँधहरु
बरु
जलाई देउ मेरा तस्बिरहरु
तिम्रो रंगिन संसार लाई तगारो बन्छ भने
हाँसेर आँसु बगाउन सिकौला
तर
न निभाउ प्रेमका धुनीहरु
न चुँडाउ प्रेमका चँगाहरु
बरु
सजाइ राख मन भित्र माया अनी आँखा भरी सम्झनाका कोसेलीहरु
मायाको खातिर
तिम्रो प्रेममा पर्खाल लागे पनि
न जलाउ हाम्रो प्रेम का अबसेशहरु
अनी
न छोड नियाल्न मयाका क्षितिजहरु
कुनै दिन
तगारो उग्रिन सक्छ
पर्खाल भत्किन सक्छ
क्षितिज् मा फेरी कान्तिमय लाली उदाउन सक्छ
अनी
इतिहास फेरी दोहोरिन सक्छ
साँचिकै ईतिहास दोहिरिन सक्छ

Friday 13 November 2009

तपाईंहरु लाई हार्दिक स्वागत गर्दछ


HOTEL PARK RESIDENCE

"होटल पार्क रेसिडेन्स"


मित्र नगर - २९
बसपार्क , काठमाडौं
फोन न: ०१-४३८८५३० - राज कुमार श्रेष्ठ

हाम्रो सुबिधाहरु:
१ एअरपोर्ट बाट गेस्ट हाउस सम्म गाडीको सुबिधा।
२ राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाइ टिकेट को ब्यबस्था।
३ टी भी ,फोन, एटेच बाथ रूम र आरामदायी सेवा।
४ सुरक्षित वातावरणमा खान र सुत्त्न को राम्रो ब्यबस्था।
५ लामो समयको लागि बिशेष छुटको ब्यबस्था।

"तपाईंहरुको सन्टुष्टी नै हाम्रो चाहान"