एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Thursday 26 November 2009

कसम



बेसी माया गरेउ हिजो आज कसम तोड्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
बाचा कसम भुले पनि देउराली छन् हाम्रो साक्षी
पर्खाइ राखेउ देउरालीमा अन्तै पाइला मोड्न रैछ
दु:ख सुख हाँसो खुशी बिसाउथे तिमी माथि
किन नजिक भयौ भन्थे मेरो मन चोर्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
किन खायोउ बाचा कसम संगै जिउने संगै मर्ने
झुटो बचन दियोउ किन अन्तै माया गोड्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
निस्वार्थ छ भन्थेउ माया साथ दिने खायोउ कसम
किन फाट्यो कुरा भन्थ्ये बीचमा माया छोड्न रैछ
आफन्त म हुन्थे किन पराइ मुटु जोड्न रैछ
पराइ मुटु जोड्न रैछ

No comments:

Post a Comment