एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Wednesday, 18 August 2010

पंक्षि मा राम्रो डाँफे फुल मा लाली गुराँस



             पंक्षि मा राम्रो डाँफे फुल मा लाली गुराँस
              हामी लाई लाग्छ राम्रो नेपाली धर्ती आकाश



Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Thursday, 26 November 2009

कसम



बेसी माया गरेउ हिजो आज कसम तोड्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
बाचा कसम भुले पनि देउराली छन् हाम्रो साक्षी
पर्खाइ राखेउ देउरालीमा अन्तै पाइला मोड्न रैछ
दु:ख सुख हाँसो खुशी बिसाउथे तिमी माथि
किन नजिक भयौ भन्थे मेरो मन चोर्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
किन खायोउ बाचा कसम संगै जिउने संगै मर्ने
झुटो बचन दियोउ किन अन्तै माया गोड्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
निस्वार्थ छ भन्थेउ माया साथ दिने खायोउ कसम
किन फाट्यो कुरा भन्थ्ये बीचमा माया छोड्न रैछ
आफन्त म हुन्थे किन पराइ मुटु जोड्न रैछ
पराइ मुटु जोड्न रैछ

Wednesday, 25 November 2009

जलाई देउ मेरा तस्बिरहरु


म अस्ताए पनि तिम्रो नजर बाट
म ढले पनि तिम्रो अधर बाट
बन्द नगर स्‍मृतिका पानाहरु
अनी
न मेटाउ मुटु भित्र कोरिएका व्रित चित्रहरु
तिम्रो अपार प्रेम सागरमा म सुके पनि
तिम्रो अनमोल बाचा र कसममा म चुके पनि
न फेर मायाका काँचुलीहरु
न भत्काउ मनका बाँधहरु
बरु
जलाई देउ मेरा तस्बिरहरु
तिम्रो रंगिन संसार लाई तगारो बन्छ भने
हाँसेर आँसु बगाउन सिकौला
तर
न निभाउ प्रेमका धुनीहरु
न चुँडाउ प्रेमका चँगाहरु
बरु
सजाइ राख मन भित्र माया अनी आँखा भरी सम्झनाका कोसेलीहरु
मायाको खातिर
तिम्रो प्रेममा पर्खाल लागे पनि
न जलाउ हाम्रो प्रेम का अबसेशहरु
अनी
न छोड नियाल्न मयाका क्षितिजहरु
कुनै दिन
तगारो उग्रिन सक्छ
पर्खाल भत्किन सक्छ
क्षितिज् मा फेरी कान्तिमय लाली उदाउन सक्छ
अनी
इतिहास फेरी दोहोरिन सक्छ
साँचिकै ईतिहास दोहिरिन सक्छ

Thursday, 29 October 2009

बिछोडको पिडा

धर्ती सरी खुशीहरु फाट्दा
मरस्यान्दी झै अटुट यी आँसुहरु बग्दा
मायाहरु छताछुल्ल भै पोखिदा
पिरतीहरु छाल बनी बग्दा
निर्दोष यी दुई नयन बिचलित भै टोलाई रहे
बर्षा झरीमा आशाको मुना नपलाएको होइन
तर
मेरा आशाहरु सपनीमा अँगालेको कथा जस्तो
सोचाइ र गराइमा फरक परे जस्तो
एक पछि अर्को गर्दै बिछोडको पगरी लागे जस्तो
अझै
भनौ कटु सत्यता माथि धावा बोले जस्तो
निस्फिक्री
खुशी फाटिरहे
आँसु बगिरहे
माया पोखिरहे
पिरती बगीरहे
सायद
भाग्यले ठगेर होकी परिस्थितीको लगाम लागेर
कयौ पटक हाँसो आँसुमा
अनी
बिपना सपनामा बेरिरहे
गन्तब्य बिना नै मायाको डुंगा घोप्टिदा
अल्पत्र परेको यात्री जस्तो
पिडा र बिछोडको दोसाधमा
आफ्नो अन्तिम दिनको पर्खाइमा
तिनै आँसुको मरस्यान्दीमा बगिरहेछु छु
अनन्त
सम्म बगिरहने छु

-देवराज श्रेष्ठ

Wednesday, 7 October 2009

एकतर्फि माया



कस्तो माया लाँए मैले भुल्नै गाह्रो भो
नौनी सरी पग्ल्यो मन समाल्न सारो भो
मुटु भित्र मायाको तिर गडे जस्तो भो
बिरानीमा मायाको पीर चडे जस्तो भो
दुई मुटु को मिलन आज टुटे जस्तो भो
मन भित्र खहरे छुटे जस्तो भो
बिपना लाई सपना झै भुल्नु पर्ने भो
जिन्दगी लाई नशा संगै घुल्नु पर्ने भो
एकतर्फी रैछ माया चिन्न सकिन
जब पाए तिम्रो खबर हिन्न सकिन
ह्रदयमा बस्यो माया फालु कसरी
टुक्रियको यो मनलाई टालु कसरी
गह भारी आँसु थामी हाँसु कसरी
एकोहोरो मायामा म बाँचु कसरी

Tuesday, 25 August 2009

गीत्-चुलबुले सानी

किन किन किन किन किन किन किन किन
मन भयो चन्चल-२
चुलबुले बानी ले नक्कली सानी ले मचायो हल्चल।
हिउं जस्ती गोरी गोरी धर्तिकी छोरी मोरी
मन भयो चंन्चल-२
चुलबुले बानी ले नक्क्ली सानीले मचायो ह्ल्चल।
किन किन किन००००००००००००००
मान्छे हेर्दा सानी सानी ढल्की हिड्ने उस्को बानी
मन भयो चन्चल-२
चुलबुले बानी ले नक्कली सानी ले मचायो ह्ल्चल।
किन किन किन०००००००००००००००००००
रुप हेर्दा परी जस्तोबानी उस्को चरी जस्तो
मन भयो चन्चल-२
चुलबुले बानी ले नक्कली सानीले मचायो ह्ल्चल।
किन किन किन०००००००००००००००००००००००
मुहार उस्को चन्द्र जस्तो उमेर उस्को पन्द्र जस्तो
मन भयो चन्चल-२
चुलबुले बानी ले नक्कली सानी ले मचायो ह्ल्चल।
किन किन किन००००००००००००००००००००
बोली उस्को गोली जस्तो मन सङ्लो खोली जस्तो
मन भयो चन्चलल-२
चुलबुले बानी ले नक्कली सानी ले मचायो ह्ल्चल।
किन किन किन किन किन किन किन किन
मन भयो चन्चल-२ मन् ०००० भयो ०००० चन्चल्ल्ल्ल्
रचना-देबराज श्रेष्ठ
मेलोडी- सुबिन गुरुङ

Sunday, 23 August 2009

ईशारा


अतितका भाँति कुरा भुल्न मलाई कर लाग्यो ।
बिना आज्ञा तिम्रो ओठ चुम्न मलाई डर लाग्यो ।
तेसै फूली ओइली झरे मेरा मनको ईच्छाहरू ।
भैगो अब बन्द गर तिम्रो प्रेम का भिक्षाहरु ।
जुन सँग दांजू भने औसि आई छेकी दिन्छ ।
घाम सँग दांजू भने ग्रहण पो देखि दिन्छ।
पाइन मैले माया दाज्ने यो धर्तीमा अरु केहि ।
छात्ती चिरी देखाउला तिम्रो लागी बरु केहि ।
हातमा हात जुधी सक्यो नजरमा नजर ।
पिउन अब बाँकी रहयो नशालु त्यों अधर ।
जहर हो की तिम्रो अधर बसन्तको बहार ।
सुक्खा तिम्रो यौबनमा चलाई दिउकी नहर ।
ईशारा नै काफी हुन्छ बोल्न लागे लाज ।
टाउको हल्लाई देऊ मात्र भोली होइन आज ।

-देवराज श्रेष्ठ

Friday, 21 August 2009

दुखी जीवन

बिर्सियर हाँस्छु कहिले बाध्यताले रुन सिके।
सिङो धर्ती भित्र आज दोसी आँफै लाई देखे।
कहिले लड्छु भाग्य सँग कहिले लड्छु दु:ख सँग।
कर्म भन्ने कस्तो खेल हो आँफै आँफै पर्छु दङ्ग।
दु:ख पिडा मेरो लागि जिन्दगी को खेल भयो।
हिउद मास को पाउदी फाउदी मेरो लागी भेल भयो।
पापी रईछ ईश्वर पनि कस्लाई भने सुखै सुख।
दु:ख मा गो यो जीन्दगी मन भयन कहिले धुक्क।
मेरो जस्तो दुखी जीवन नभयकै राम्रो बरु।
जन्म दियौ ईश्वर तैले सुख थप्न बिर्सियौ अरु।
बाँच्न मलाई रहर छैन राजी म त मर्न बरु।
उपदेश त श्राप भयो बिशको प्याला देउ अरु।

Thursday, 6 August 2009

मेरी माया


कोही लेख्छन तारा को गीत कोही लेख्छन जुनको ।
म त लेख्छु सधैं भरि माया मेरी उनको ।
मोती जस्तो दन्त लहर मृग नयन आँखा ।
कम्मर उस्को बारुली त कोहिली जस्तो भाका ।
आफ्नो भन्दा बेसी माया लाग्छ मलाई उनको ।
भोक छैन प्यास् छैन झल्को मलाई गुनको ।
आँखा भरि उनको छाया मुटु भरी माया ।
सपनी मा देख्छु सधैं आफ्नै दाँया बाया ।

Sunday, 26 July 2009

"मुस्कान"


मौन छ आज बस्तीहरु।
बुलन्द भए आवाजहरु।।
बम र बन्दुकको प्रहारले क्षेतबिक्षत भए चाहनाहरु।
बन्दुक सँग सत्ता साँटेनेहरु।
धम्की र त्रासका पहरेदारहरु।।
बन्द र हड्तालका जन्मदाताहरु।
चन्दा र अपहरनका ज्ञाताहरु।।
अब त सिक्नुपर्छ।
अब त बुझ्नु पर्छ।
कलँकको नाउ अब मेटाउनु पर्छ।
हिसा त्यागी अब बुद्ध र भिर्कुटीलाई पछायाउनु पर्छ।
नेपाल आमको ओठ्मा फेरी एक पटक मुस्कान ल्याउनु पर्छ ।
फेरी एक पटक मुस्कान ल्याउनु पर्छ।।

"चिनो"

बाँचेको छु म बिदुर जस्तो बनेर बिरानी।
क्रन्दनका आँसु झर्दछ रोजै भिज्दछ सिरानी।।
रित्तए मेरा आँखाका आँसु पुछिदिने कोही छैन।
लावारीस भए पर्देशको ठाउँमा सहारा कोही छैन।।
आकाशको तारा शुन्य छ सारा औसीको रातमा।
रातपनि दिन झै लाग्द्थ्यो मलाई तिम्रो त्यो साथमा।।
समुन्द्रपारी याद आउछ घरि यी आँखा रसाउछ।
न भोक दिनमा न निन्द्रा रातमा मायाले सताउछ।।
न पाउन सके हिरा न मोती यो मुरुभुमीमा।
आँटो र पिठो खाएकै मिठो त्यो जन्मभुमिम।।
पर्देशको चिनो केही छैन दिनु ती मेरी सानीलाई।
सुकेर फुल खरानी भयो के दिउ र रानीलाई ।।

Thursday, 23 July 2009

"प्रेम्"


यथार्थ यहाँ सपना बनेको छ ।
सत्त्यता यहाँ उपहास बनेको छ ।
खै कस्लाई के भनौ यहाँ प्रेमको मुल्यमा ह्रास् आएको छ ।
ए प्रेमको मुल्य नचिन्नेहरु हो।
प्रेम यहाँ चामल र पिठोको भाउमा बिक्री हुँदै छ ।
ए धोकेवाजहरु हो ।
प्रेम फेसन बनेको छ अनि क्षेणैइक बास्नाको साधन बनेको छ ।
ए प्रेमका भोकाहरु हो ।
प्रेम कुनै ह्रदय भित्र होइन यहाँ बजारको कोठी भित्र सजियको छ।
Best regards,