एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Sunday 26 July 2009

"चिनो"

बाँचेको छु म बिदुर जस्तो बनेर बिरानी।
क्रन्दनका आँसु झर्दछ रोजै भिज्दछ सिरानी।।
रित्तए मेरा आँखाका आँसु पुछिदिने कोही छैन।
लावारीस भए पर्देशको ठाउँमा सहारा कोही छैन।।
आकाशको तारा शुन्य छ सारा औसीको रातमा।
रातपनि दिन झै लाग्द्थ्यो मलाई तिम्रो त्यो साथमा।।
समुन्द्रपारी याद आउछ घरि यी आँखा रसाउछ।
न भोक दिनमा न निन्द्रा रातमा मायाले सताउछ।।
न पाउन सके हिरा न मोती यो मुरुभुमीमा।
आँटो र पिठो खाएकै मिठो त्यो जन्मभुमिम।।
पर्देशको चिनो केही छैन दिनु ती मेरी सानीलाई।
सुकेर फुल खरानी भयो के दिउ र रानीलाई ।।

No comments:

Post a Comment