एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Showing posts with label चुट्किला. Show all posts
Showing posts with label चुट्किला. Show all posts

Monday, 19 July 2010

चुट्किला

नेपालमा एउटा यस्तो चम्त्कारी मन्दिर थियो रे की जुन मन्दिर मा जो सुकै भक्तालु हरु दर्शन गर्न गए पनि गायब हुने रे तेसै क्रम मा एक दिन नेपालका नेता भनौदा प्रचन्ड दर्शन गर्नको लागि गए छन् जब मन्दिर भित्र छिरेको त नेता जी नै गायब भएछन तेस पछि हाम्रा ते क्योन्दो खेलाडी दिपक बिष्ट गए छन् उ पनि मन्दिर भित्र छिर्ने बितिकै आफ से आफ गायब  भएछन अनी त हल्ला खल्ला निकै मचियछ तेस पछि के रहेछ त यो मन्दिर मा भनेर हाम्रो ग्याल्मोर हिरोइन रेखा थापा मन्दिर भित्र चिरेछन रेखा लाई के देखेको थियो भगवान ले भगवान खुद गायब भएछन।   
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

चुटकिला

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

चुटकिला

युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

चुटकिला

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’
मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’
‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो । Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

चुटकिला

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरी
टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share