एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Monday, 19 July 2010

तीन वर्षमै एल्बम

काठमाडौ, श्रावण २ -  यो अनौठो संयोग थियो । संसारकी सम्भवतः सबभन्दा कान्छी गायिका र नेपालका सम्भवतः जीवितमध्येका जेठा संगीतज्ञबीचको यो भेटलाई उतार्न क्यामेराका लेन्सहरू निकै तेर्सिए ।
'मैले पूरै जीवन संगीतमा बिताएँ,' नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले तीन वषर्ीया अतिथि गौतम केसीको एल्बम 'अतिथि' आइतबार विमोचन गरिसकेपछि र उनलाई 'लाइभ' सुनिसकेपछि प्रतिक्रिया दिए, 'तर आश्चर्यमा परेको दिन आजै हो ।' गाउने काममा प्रयोग हुने स्वर यन्त्र, फोक्सो आदिको पूर्ण विकासै नहुने उमेरकी बालिकाले पूरै ताल र सुरमा गाउनु गुरुङका विचारमा चमत्कार हो ।
'त्यो चमत्कार हाम्रै देशमा भएको छ, यो खुसीको कुरा हो,' वरिष्ठ संगीतकारले भने, 'यी नानीमा साँच्चै नै अद्भुत प्रतिभा छ ।'
गुरुङकै शैलीमा विदेशी सञ्चारमाध्यमले पनि अतिथिको प्रशंसा गरेका छन् । 'राम्रोसँग बोल्न पनि नजान्ने उमेरमा,' भारतीय सञ्चार माध्यम 'हिन्दुस्तान टाइम्स' को अनलाइन संस्करणले लेखेको छ, 'नेपालकी एउटी बालिकाले सोलो एल्बम निकालेकी छन् र गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् ।'
यो उमेरमा गाउनु आश्चर्य भएको भन्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले संसारभरका महत्त्वपूर्ण घटना भन्दै अतिथिका तीन तस्बिरलाई ठाउँ दिएको छ ।
उक्त एल्बममा अतिथिले राष्ट्रगानसहित 'सारेगरेगा...', 'कालु र भालु...', 'क, ख, ग, ए, बी, सी...', 'डाँडा माथि जून...' जस्ता नौ गीतमा स्वर दिएकी छन् । अर्जुन पराजुली, घनश्याम खड्का, उद्धव केसी र विनोद रोक्काका शब्दलाई जुगल डंगोल र रामकृष्ण दुवालले संगीत दिएका हुन् । अतिथिलाई एउटा गीतमा उनकी दिदी उष्णा र बुबा उद्धवले साथ दिएका छन् ।
कार्यक्रममा अतिथिले तीन गीत सुनाएर श्रोताहरूलाई मन्त्रमुग्ध पारेकी थिइन् । उनले गाउँदा उष्णाले हारमोनियम बजाएकी थिइन् ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई अतिथिले आफ्नो गायनकला देखाइसकेकी छन् । उनले नेपाल टेलिभिजनको कार्यक्रममा समेत गाएकी छन् । आफैं पनि गायक रहेका उद्धवले अतिथिमा निकै सानैदेखि अचम्मको प्रतिभा देखेको बताए ।
'जन्मेको ६ महिनामा बोल्नु, ८ महिनामा हिँड्नु, १० महिनामा पियानो बजाउनु र २ वर्षदेखि नै गाउन थाल्नु नौलो कुरा हो,' उनले भने, 'शब्द उच्चारणमा समस्या भए पनि उनले राम्ररी गाउन सकिन् ।' उनका अनुसार सानी गायिकाका रूपमा गिनिज बुकमा अतिथिको नाम लेखाउने प्रक्रिया अघि बढाइएको छ ।
Share

Friday, 25 December 2009

लिंकनको चिठी बिक्रीमा

भूतपूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले १५० वर्षअघि एकजना स्कुले बालकलाई लेखेको चिठी फिलाडेल्पिmयामा बिक्रीमा राखिएको छ । यसको मोल राखिएको छ- ६० हजार डलर अर्थात् नेपाली रुपैयाँ ४५ लाख ।

जर्ज प्याटन आफ्ना पत्रकार बाबुसँग हुँदा दुवैले कमान्डर इन चिफसँग भेटेका थिए । ८ वर्षे सो बालकलाई आफ्नै कक्षाका साथीहरूले खिसी गर्ने गरेपछि १६औँ अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई १८६१ मा यो चिठी लेखेका थिए ।

लिंकनको हस्ताक्षरको सो चिठीमा लेखिएको छ, 'यो जसलाई सम्बन्धित भए पनि, मैले बालक जर्ज इभान्स प्याटनलाई गत मे महिनामा इलिन्वायको स्पि्रंगफिल्डमा भेटेँ र कुराकानी गरेँ, अ. लिंकन ।'

यो चिठी बेच्ने राव कलेक्सनका उपाध्यक्ष नाथन रावले भनेअनुसार लिंकनले बालबालिकालाई लेखेका यसबाहेक अन्य कुनै पनि चिठी बेचेका छैनन् ।

नोबेल शान्ति पुरस्कार


काठमाडौं, ९ पुस

सरकारले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारका लागि नेपालका तर्फबाट सिफारिस गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले राखेको सिफारिस प्रस्ताव सर्वसम्मत पारित भएको हो । नेपालको शान्तिप्रक्रियामा कोइरालाले पुर्‍याएको योगदानका लागि नोबेल पुरस्कार पाउनुपर्ने दाबीसहित सिफारिस गर्ने निर्णय बैठकमा भएको प्रवक्ता एवं सञ्चारमन्त्री शंकर पोखरेलले बताए ।

यसैगरी, सरकारले नेपाली सेनाका उपरथी तोरणजंगबहादुर सिंहलाई बलाधिकृत रथीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उपरथी सिंहलाई बलाधिकृत रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनी द्वन्द्वकालमा भैरवनाथ गणमा रहेका ४९ आस्थाका बन्दीलाई बेपत्ता बनाउने कार्यमा संलग्न रहेको भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विवादित सैनिक अधिकृत हुन् ।

सेनाभित्र उनी प्रधानसेनापति छत्रमानसिंह गुरुङपछि दोस्रो बरियतामा रहनेछन् । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको पालामा दोस्रो बरियतामा रहेका कुलबहादुर खड्काको अवकाशपछि यो पद खाली थियो ।

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको लोकतान्त्रीकरण गर्न रक्षामन्त्री विद्यादेवी भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय मन्त्रीस्तरीय समितिसमेत बनाएको छ । समितिमा गृहमन्त्री भीम रावल, कानुनमन्त्री प्रेमबहादुर सिंह, संस्कृतिमन्त्री मीनेन्द्र रिजाल र विनाविभागीय मन्त्री लक्ष्मणलाल कर्ण सदस्य छन् ।

बैठकले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको म्याद चार महिना थप्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताए । अनमिनको म्याद आगामी ९ माघमा सकिँदै छ ।

त्यस्तै, सरकारले रुकुमकी पत्रकार टीका विष्टलाई उपचार तथा राहतस्वरूप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । आफ्नै सहकर्मीबाट बलात्कृत महिला प्रहरी सुन्तली धामी घटनाबारे छानबिन गर्न पनि मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय लिएको मन्त्री पोखरेलले बताए ।

Wednesday, 23 December 2009

बिश्वकप फुटवल २०१०


२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचयस् २ अर्जेन्टिना बिश्वकपमास् १९३० मा द्बितिया, १९३४ पहिलो चरण, १९५८ पहिलो चरण, १९६२ पहिलो चरण, १९६६ क्वाटर फाईनल, १९७४ दोस्रो चरण, १९७८ बिश्व बिजेता, १९८२ दोस्रो चरण, १९८६ बिश्व बिजेता, १९९० उप बिजेता, १९९४ दोस्रो चरण, १९९८ क्वाटर फाईनल, २००२ पहिलो चरण, २००६ क्वाटर फाईनल बिश्वकपमा ६५ खेल खेलेकोमा ३३ जित १३ बरावरी तथा १९ हार । बिश्वकपमा उतकृष्ट प्रदर्शनस् १९७८ तथा १९८६ मा बिश्व बिजेता बिश्वकपमा सबभन्दाबढी खेल्नेस् डियागो माराडोना २१ ९१९८२, १९८६, १९९०, १९९४० बिश्वकपमा अर्जेन्टिनाका लागी सबभन्दा बढी गोलस् गाब्रियल बातिस्तुता ९ ९१९९४, १९९८, २००२० बिश्वकपका उतकृष्ट क्षणस् १९८६ को क्वाटर फाईनलमा बेलायत बिरुद्ध माराडोना एक्लैले लगेर हातले गोल हुन पुगेको क्षणले अर्जेन्टिनाको बिश्व बिजय बन्ने बाटो खुलेको । बिश्वकपमा खराब प्रदर्शनस् १९५८ मा स्विडनमा भएको बिश्व कपमा चेकोस्लाभाकियन द्बारा ६-१ ले पराजित। १९८२ देखि १९९४ सम्म अर्जेन्टिनाका लागी खेलेका डियागो माराडोनालाई अर्जेन्टिनाको बिश्वकपका नायक मानिन्छ। तर उनले बेलायत बिरुद्ध गरेको हाते गोल बिश्व कप ईतिहाँसकै चर्चित तथा बिवादस्पद गोलको रुपमा रहेको छ । १९७८ को बिश्व कप फाईनलमा खेल अवधि सम्म अर्जेन्टिना तथा नेलरल्याण्ड बरावरीमा रहेकोमा अतिरिक्त समयको खेलमा मारियो केम्पसले गोल गरी अर्जेन्टिनालाई बिश्व बिजेता बनाएको थियो। १९९० मा अर्जेन्टिनालाई जर्मनीले रोममा भएको फाईनल खेलमा १-० ले हराएको थियो। अर्जेन्टिनाले बिश्व कपको छनौट चरणमा एक पटक मात्र असफल भएको थियो तर राजनैतिक कारणले अर्जेन्टिनाले ३ पटक बिश्व कपमा भाग लिएको थिएन। यस पटकको बिश्व कप छनौट चरणमा अर्जेन्टिना आफ्नो समुहको अन्तिम खेल पछी मात्र छनौट हुन सफल भएको थियो। यस खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हराउदै बिश्व कपमा छनौट भएको थियो। यसै समुहका अर्जेन्टिनालाई बोलिभियाले ६-१ ले पराजित गरेको थियो। अर्जेन्टिनाका महान खेलाडी डियागो माराडोना अर्जेन्टिना टोलीको प्रशिक्षकको रुपमा रहेको छ। यस बर्ष अर्जेन्टिनाले बिश्व कप छनौट चरणमा १८ खेल खेलेकोमा ८ जित, ४ बरावरी तथा ६ मा हार भएको थियो। अर्जेन्टिनाले २३ गील गरेको थियो भने २० खाएको। अर्जेन्टिनाका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी लियोनेल मेस्सी ले १८ खेल खेलेका थिए। यसतै गोल तर्फ सर्जियो अगुरो, लियोनेल मेस्सी र जुआन रोमन रिक्विल्मे ले छनौट चरणमा ४ ४ गोल गरेको थियो।
Best regards,

Thursday, 6 August 2009

तीजको महिमा

हिन्दू नारीले मनाउने तीज मनोरञ्जनयुक्त चाड हो श्रीमान्को दर्ीघायु तथा अटल सौभाग्यका लागि शिवजीको व्रत बस्ने चलन रहेको यो पर्व परिवारका सवै सदस्य एकसाथ भएर मनाइन्छ । लगातार पाच दिनसम्म मनाइने यो पर्वमा नेपाली नारीहरू गीत-संगीत सुनेर तथा गाएर मनोरञ्जन गर्छन् । यसपटकको तीजमा नेपाली चेलीका लागि गायक-गायिकाहरूले तीजसम्बन्धी गीति संग्रहहरू बजारमा ल्याइसकेेेका छन् ँपोइल जान पामगीत गाएर चर्चामा आएकी कोमल वलीले तीज गीत संकलनमा पनि ख्याति कमाएकी छिन् । यसपटकको तीजमा उनले तयार पारेको गीति संग्रहको शर्ीष्ाक नै ँझकासराखिएको छ । उनको आफ्नै क्यासेट कम्पनी ँके सिरिजले बजारमा ल्याएको यो संग्रह अघिल्ला तीजभन्दा फरक गीत समावेश गरिएको वलीको कथन छ । यो संग्रहमा गायिका वलीका अतिरिक्त अन्य दर्ुइ गायिका रिजा उप्रेती तथा जुना प्रर्साईंको पनि स्वर सुन्न सकिन्छ । ँमेरा अघिल्ला गीतभन्दा यो गीत हरेक दृष्टिकोणले पृथक् छवली भन्छिन्-ँगीतको शब्द, भाका, गायन शैली तथा म्युजिक भिडियो आकर्ष पाउनुहुनेछ । ँनाच्नै नजान्ने, नाच्नै नमान्ने व्यक्ति पनि यो संग्रहका गीत सुनेर नाच्नुहुनेछ
लोक संगीतमा ख्याति कमाएका बद्री पंगेनी र धमेश दुलालको स्वरलाई समेटिएर सुनीता दुलालले म्युजिक डटकममार्फ् गीति संग्रह ँफेरि आयो स्वामीज्यू माइत जाने दिनपनि तीजकै अवसर पारेर बजारमा ल्याइएको छ । तीजकै अवसर पारेर रिबेल क्रियसनले बजारमा ल्याएको गीति संग्रहको नाम हो, ँनाचौं बरिलै। एकल तथा दोहोरी भाकाको यो संग्रह पनि साउनको दोस्रो सातादेखि बजारमा उपलब्ध छ । गायक रामचन्द्र काफ्ले तथा गायिका जुनु रिजालको स्वरमा सजिएको यो संग्रहमा जम्मा चारवटा तीज गीत सुन्न सकिन्छ । विष्णु माझीको एकल स्वर रहेको गीति संग्रह ँपुतलीको भट्टीपनि साउनको दोस्रो हप्तादेखि बजारमा उपलब्ध छ । सपना म्युजिक सेन्टरले बजारमा ल्याएको यो संग्रहमा तीजसम्बन्धी आधा दर्जनभन्दा बढी गीत समावेश छन् । यो संग्रहका गीतका म्युजिक भिडियोहरू टेलिभिजनबाट पनि प्रसारण भैरहेका छन् तीजकै अवसर पारेर बजारमा आएका गीति संग्रहमध्ये ँनम्बरी बूढापनि एक हो उनीहरूले लोक दोहोरी भाकामा ढालेर आफ्नो संग्रह ँजलेसी-जमुनाश्रोतासामु ल्याएका छन् । शिला क्यासेट सेन्टरले बजारमा ल्याएको यो एल्बममा तीज भाकाका दर्ुइवटा दोहोरी गीत सुन्न सकिन्छ । तीनवटा गीत समावेश गरिएको यो संग्रहलाई नमस्ते म्युजिकले बजारमा ल्याएको हो । तीजसम्बन्धी गीतका संग्रहहरूको सूचीमा यो वर्षँओए बूढा
पनि थपिएको छ । यो संग्रहमा गायिका जानकी पन्तको स्वर सुन्न सकिन्छ । संग्रहमा जम्मा दर्ुइवटा गीत समावेश छन् । यो संग्रहलाई रारा क्यासेट सेन्टरले बजारमा ल्याएको हो । श्रीमान्-श्रीमतीको लोक दोहोरी तथा एकल गीत रहेको गीति संग्रह ँमाइती आगनभने साउनको अन्तिम साता बजारमा आएको छ । सितारा म्युजिकले बजारमा ल्याएको यो संग्रहमा गायक राजु परियार तथा गायिका अमृता परियारले गाएका मार्मिक तीज गीतहरू सुन्न सकिन्छ छोरी पाउनेहरूलाई हेला गर्ने परम्पराप्रति व्यंग्य गर्दै तयार पारिएको तीज गीति संग्रह ँहेर न लालुमाई म कति राम्रीमा गायिकाहरू शकुन्तला थापा, सिर्जना विरही थापा तथा विष्णु थापाको स्वर सुन्न सकिन्छ । संग्रहमा समावेश गरिएका दर्ुइ गीतमध्ये एकमा दर्ुइटी राम्री युवतीले आफूलाई राम्री छु भनेर वर्ण्र्ाागरिएको भाव समेटिएको छ