एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Thursday 26 August 2010

गजल - दुनियाँ


                -शान्ता झाँक्री

दुनियाँले हेप्छ भनी,तिमी भाग्न नखोज है ,
म दिउँला तिम्रो साथ ,अन्तै लाग्न नखोज है ।।

म ठूलो रे,खै कसरी?, तिमी सानो जात अरे !
प्रेम प्रस्ताव राख्दैछु म,वचन नाघ्न नखोज है ।।

सीप सबै चल्ने तिम्रो,बिहे चाँहि नचल्ने रे !
यो संस्कार फाल्नुपर्छ ,दया माग्न नखोज है ।।

मूर्ति कुँद्न हुने तर , पूजा गर्न नहुने रे !
आफ्नै जातलाई तिमी, आफै दाग्न नखोज है ।।

कूवा खन्न मिल्ने तर ,पानी छुँदा नचल्ने रे !
खुल्ला समाज बनाउँनुछ ,पर्दा टाग्न नखोज है ।।

                                                   -शान्ता झाँक्री

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

1 comment:

  1. wow Shanta bahini ! you are doing good job .your gazal is marvelous....enjoyed alot
    keep on writing sisi
    :)

    ReplyDelete