Note: यदि तपाईंलाई गीत सुन्नु छैन भने Mute गर्नु होला।
-धन्यवाद
Saturday, 28 November 2009
Thursday, 26 November 2009
कसम
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
बाचा कसम भुले पनि देउराली छन् हाम्रो साक्षी
पर्खाइ राखेउ देउरालीमा अन्तै पाइला मोड्न रैछ
दु:ख सुख हाँसो खुशी बिसाउथे तिमी माथि
किन नजिक भयौ भन्थे मेरो मन चोर्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
किन खायोउ बाचा कसम संगै जिउने संगै मर्ने
झुटो बचन दियोउ किन अन्तै माया गोड्न रैछ
आफन्त म किन हुन्थे पराइ मुटु जोड्न रैछ
निस्वार्थ छ भन्थेउ माया साथ दिने खायोउ कसम
किन फाट्यो कुरा भन्थ्ये बीचमा माया छोड्न रैछ
आफन्त म हुन्थे किन पराइ मुटु जोड्न रैछ
पराइ मुटु जोड्न रैछ
Wednesday, 25 November 2009
जलाई देउ मेरा तस्बिरहरु
म अस्ताए पनि तिम्रो नजर बाट
म ढले पनि तिम्रो अधर बाट
बन्द नगर स्मृतिका पानाहरु
अनी
न मेटाउ मुटु भित्र कोरिएका व्रित चित्रहरु
तिम्रो अपार प्रेम सागरमा म सुके पनि
तिम्रो अनमोल बाचा र कसममा म चुके पनि
न फेर मायाका काँचुलीहरु
न भत्काउ मनका बाँधहरु
बरु
जलाई देउ मेरा तस्बिरहरु
तिम्रो रंगिन संसार लाई तगारो बन्छ भने
हाँसेर आँसु बगाउन सिकौला
तर
न निभाउ प्रेमका धुनीहरु
न चुँडाउ प्रेमका चँगाहरु
बरु
सजाइ राख मन भित्र माया अनी आँखा भरी सम्झनाका कोसेलीहरु
मायाको खातिर
तिम्रो प्रेममा पर्खाल लागे पनि
न जलाउ हाम्रो प्रेम का अबसेशहरु
अनी
न छोड नियाल्न मयाका क्षितिजहरु
कुनै दिन
तगारो उग्रिन सक्छ
पर्खाल भत्किन सक्छ
क्षितिज् मा फेरी कान्तिमय लाली उदाउन सक्छ
अनी
इतिहास फेरी दोहोरिन सक्छ
साँचिकै ईतिहास दोहिरिन सक्छ
Friday, 13 November 2009
तपाईंहरु लाई हार्दिक स्वागत गर्दछ

"होटल पार्क रेसिडेन्स"
मित्र नगर - २९
बसपार्क , काठमाडौं
फोन न: ०१-४३८८५३० - राज कुमार श्रेष्ठ
हाम्रो सुबिधाहरु:
१ एअरपोर्ट बाट गेस्ट हाउस सम्म गाडीको सुबिधा।
२ राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाइ टिकेट को ब्यबस्था।
३ टी भी ,फोन, एटेच बाथ रूम र आरामदायी सेवा।
४ सुरक्षित वातावरणमा खान र सुत्त्न को राम्रो ब्यबस्था।
५ लामो समयको लागि बिशेष छुटको ब्यबस्था।
"तपाईंहरुको सन्टुष्टी नै हाम्रो चाहान"
Thursday, 29 October 2009
बिछोडको पिडा
धर्ती सरी खुशीहरु फाट्दा
मरस्यान्दी झै अटुट यी आँसुहरु बग्दा
मायाहरु छताछुल्ल भै पोखिदा
पिरतीहरु छाल बनी बग्दा
निर्दोष यी दुई नयन बिचलित भै टोलाई रहे
बर्षा झरीमा आशाको मुना नपलाएको होइन
तर
मेरा आशाहरु सपनीमा अँगालेको कथा जस्तो
सोचाइ र गराइमा फरक परे जस्तो
एक पछि अर्को गर्दै बिछोडको पगरी लागे जस्तो
अझै
भनौ कटु सत्यता माथि धावा बोले जस्तो
निस्फिक्री
खुशी फाटिरहे
आँसु बगिरहे
माया पोखिरहे
पिरती बगीरहे
सायद
भाग्यले ठगेर होकी परिस्थितीको लगाम लागेर
कयौ पटक हाँसो आँसुमा
अनी
बिपना सपनामा बेरिरहे
गन्तब्य बिना नै मायाको डुंगा घोप्टिदा
अल्पत्र परेको यात्री जस्तो
पिडा र बिछोडको दोसाधमा
आफ्नो अन्तिम दिनको पर्खाइमा
तिनै आँसुको मरस्यान्दीमा बगिरहेछु छु
अनन्त
सम्म बगिरहने छु
-देवराज श्रेष्ठ
मरस्यान्दी झै अटुट यी आँसुहरु बग्दा
मायाहरु छताछुल्ल भै पोखिदा
पिरतीहरु छाल बनी बग्दा
निर्दोष यी दुई नयन बिचलित भै टोलाई रहे
बर्षा झरीमा आशाको मुना नपलाएको होइन
तर
मेरा आशाहरु सपनीमा अँगालेको कथा जस्तो
सोचाइ र गराइमा फरक परे जस्तो
एक पछि अर्को गर्दै बिछोडको पगरी लागे जस्तो
अझै
भनौ कटु सत्यता माथि धावा बोले जस्तो
निस्फिक्री
खुशी फाटिरहे
आँसु बगिरहे
माया पोखिरहे
पिरती बगीरहे
सायद
भाग्यले ठगेर होकी परिस्थितीको लगाम लागेर
कयौ पटक हाँसो आँसुमा
अनी
बिपना सपनामा बेरिरहे
गन्तब्य बिना नै मायाको डुंगा घोप्टिदा
अल्पत्र परेको यात्री जस्तो
पिडा र बिछोडको दोसाधमा
आफ्नो अन्तिम दिनको पर्खाइमा
तिनै आँसुको मरस्यान्दीमा बगिरहेछु छु
अनन्त
सम्म बगिरहने छु
-देवराज श्रेष्ठ
Wednesday, 7 October 2009
एकतर्फि माया
कस्तो माया लाँए मैले भुल्नै गाह्रो भो
नौनी सरी पग्ल्यो मन समाल्न सारो भो
मुटु भित्र मायाको तिर गडे जस्तो भो
बिरानीमा मायाको पीर चडे जस्तो भो
दुई मुटु को मिलन आज टुटे जस्तो भो
मन भित्र खहरे छुटे जस्तो भो
बिपना लाई सपना झै भुल्नु पर्ने भो
जिन्दगी लाई नशा संगै घुल्नु पर्ने भो
एकतर्फी रैछ माया चिन्न सकिन
जब पाए तिम्रो खबर हिन्न सकिन
ह्रदयमा बस्यो माया फालु कसरी
टुक्रियको यो मनलाई टालु कसरी
गह भारी आँसु थामी हाँसु कसरी
एकोहोरो मायामा म बाँचु कसरी
Sunday, 13 September 2009
Sunday, 30 August 2009
Subscribe to:
Posts (Atom)

