एक मनोरन्जनात्मक ब्लग यहाँहरु को लाई आउनुहोस् यस भित्र तपाईं हरुको लागि उपयोगी सफ्टवयर,कबिता,समाचार,फोटो भन्डार,भिडियो भन्डार,गीतहरु डाउन्लोड,नेपली फिल्मी संग्रह,कार्टुन कर्नर देखि चुटकिला सम्म समाबेश गरेको छु ब्लग हेर्नुहोस् आनन्द लिनुहोस् साथ् मा कमेन्ट छोडेर जानुहोस् । फेरि फेरि पनि फर्कियर आउँदै गर्नुहोस् साधुबाद छ तपाईंलाई

Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Thursday, 26 August 2010

पोखरा कि एउटी परी

                                  हरि मानन्धर "विवश"
 
 
पोखरा कि एउटी परी फेवातालमा पाएँ मैले
सँगै जिउने सँगै मर्ने वाचाकसम खाएँ मैले

कल्पनाको मन्दिर भित्रै उनिलाई भेटे पछि
नटुङ्गियोस् यात्रा भनि बाराही नि धाएँ मैले

सम्झनाको डुंगा माथि शयर गर्दा उनि सँगै
माछापुच्छ्रे शीर बनि शीतलता छाएँ मैले
                                                                                                                   
कमलको फूल उनि हृदयमा बास राखी
जून सम्झी रातै भरि प्रेमको गीत गाएँ मैले

विवशको जिन्दगीमा उनकै साथ पाएदेखि
नछुट्टिने पिरतीको मितेरी नै लाएँ मैले

हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल)
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Monday, 23 August 2010

जन्मौ जन्मको नाता जोडे मैले

                          Arjun अर्जुन Shahjan शाहजन
मन भित्र भावना लाई
पोको पार्न छोडे मैले
फुल फुलाउनै उचित लाग्यो
मन को बारी गोडे मैले ।



एकल यात्रा गर्दागर्दै के भयो खै
अचानक यात्रा मोडे मैले
समाजले त के के भन्यो तैपनि
एउटा कुरुती तोडे मैले ।


हो साच्चै ति अपरिचित सँग
जन्मौ जन्मको नाता जोडे मैले ।

जन्मौ जन्मको नाता जोडे मैले  
 
Share

Wednesday, 18 August 2010

भ्रस्टचारी नेताहरु

सगरमाथा सिर हाम्रो नेपालीको शान
भिर्कुटी र बुद्ध हाम्रा बाड्डै हिद्थे ज्ञान
कता गए बुद्ध हाम्रा फैलियछ द्धन्द
दिवश बन्न थाले अचेल हड्ताल र बन्द
नेता जी लाई कुर्सी प्यारो जनता लाई काम
नियती भो नेपाली को माग र चक्क जाम
कहिले छैन मत्तितेल कहिले छैन बत्ती
भोको पेट र अन्धकार मा दिन बिताउछन कत्ती
कती बगे यो देश मा रगत को खोली
भ्रस्टचारी नेताहरु खेल्छन रमाई होली
ससुराली भन्दा प्यारो कोहिलाई सिङ्दरबार
कती सिउदो पुछी सके कती लुटे घरबार
सुन्दर शान्त नेपाललाई पारे हिलो मैलो
नेपालको राजनीति तिहारको भैलो
कोही माग्छन चन्दा यहाँ कोही माग्छन भोट
निमुखा यि जनता लाई सधैं पिर चोट
रामे श्यामे उस्तै भए उही ड्याङ का मुला
माख्खो मार्ने होइन कोही भाषाण गर्छन् ठुला
थोत्रो चप्पल नफाल्नु है बनाउनु छ माला
हाडी मोसो सँगल्नु है सजाउनु छ गाला
                                      -देवराज श्रेष्ठ

Share

Tuesday, 20 July 2010

जल्न देउ

जल्न देउ यो मनलाई कहीले सम्म जल्दो रहेछ
न निभाउ यो बचनको आगो कहीले सम्म बल्दो रहेछ

बिना आगो ल्ने मन कहीले सम्म चल्दो रहेछ
न उठाउ यो जिउदो लास कहीले सम्म धल्डो रहेछ

डड्न देउ यो मन लाई कती सम्म डड्दो रहेछ 
न निभाउ बचन को आगो कति सम्म बड्दो रहेछ

छोडी देउ यो मनलाई कति सम्म गड्दो रहेछ
न उठाउ यो जिउदो लास कति सम्म सड्दो रहेछ

हुन देउ यो मन लाई खारनी कति सम्म बिक्दो रहेछ  
न उठाउ जिउदो लास कति सम्म टिक्दो रहेछ

हेर्दै छु म भावी लाई कति सम्म लेख्दो रहेछ
न सुनाउ कसैलाई कति सम्मम देख्दो रहेछ
                -देव राज श्रेष्ठ -२० जुलाई 2010Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

मन

खुशी छैन मन आज मुटु भित्र चोट परेको छ
कस्तो पापी रहेछ मन बुझाउनै गाह्रो परेको छ
हिजो अरुलाई समझाउथे आज आफुलाई परेको छ
फुल सरी फुलेको मन आज पात सरी झरेको छ
अबिस्वास ले होकी कतै शंका मात्र गरेको छ
मेरो गल्ती होकी कतै मनको बसाँइ सरेको छ
किन किन आज भोली मन मा शंका भरेको छ
मेरो मन मुटु भित्र चोट को बिउ छरेको छ
चोट पर्दा मुटु भित्र जिउदो जाँगर मरेको छ
आँसु झार्न वाध्य भए पिडा ले मन भरेको छ
खुशी मा भुल्ने मन आज मायाको जांघर तरेको छ
भुल्न सक्ने हो की होईन दोधर मा मन परेको छ 
       - देव राज श्रेष्ठ -१९ जुलाई २०१०   

Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share

Saturday, 27 February 2010

किन

खुशी खुशीको संसार भए दु:ख भोग्नु पर्थ्यो किन ।
अमृत खोजेर पाउने भए मृत्‍यु लिन आउथ्यो र किन ।
विश्वाश भए मायामा जिउदै माया मर्थ्यो किन ।
डढेलो लागेको बन झै उजाड हुन्थ्यो र मन किन
पिडा नभए जीवनमा हाँसो लुकाउन पर्थ्यो किन ।
खुशी सँग सम्झौत गरे आँशु बगाउनु पर्थ्यो र किन ।
सम्झना मै बाँच्न सके माया लाउनु पर्थ्यो किन ।
छोडी जाने बैगुनीलाई सम्झेर रुनु पर्थ्यो र किन ।
प्रसाद जस्तो तिम्रो माया बाँड्दै हिड्नु पर्थ्यो किन ।
घुम्टो ओडी मेरो सामु लुकेर हिड्नु पर्थ्यो र किन ।
अर्थ बिना को माया भए नाटक गर्न पर्थ्यो किन ।
धोका दिन जान्ने मान्छे नायक बन्न पर्थ्यो र किन ।
संसार चिन्छु भन्ने मान्छे आखिर रुनु पर्थ्यो किन ।
माया चाख्ने बानी भए विश्वाश दिनु पर्थ्यो किन ।


Share