अमृत खोजेर पाउने भए मृत्यु लिन आउथ्यो र किन ।
विश्वाश भए मायामा जिउदै माया मर्थ्यो किन ।
डढेलो लागेको बन झै उजाड हुन्थ्यो र मन किन
पिडा नभए जीवनमा हाँसो लुकाउन पर्थ्यो किन ।
खुशी सँग सम्झौत गरे आँशु बगाउनु पर्थ्यो र किन ।
सम्झना मै बाँच्न सके माया लाउनु पर्थ्यो किन ।
छोडी जाने बैगुनीलाई सम्झेर रुनु पर्थ्यो र किन ।
प्रसाद जस्तो तिम्रो माया बाँड्दै हिड्नु पर्थ्यो किन ।
घुम्टो ओडी मेरो सामु लुकेर हिड्नु पर्थ्यो र किन ।
अर्थ बिना को माया भए नाटक गर्न पर्थ्यो किन ।
धोका दिन जान्ने मान्छे नायक बन्न पर्थ्यो र किन ।
संसार चिन्छु भन्ने मान्छे आखिर रुनु पर्थ्यो किन ।
माया चाख्ने बानी भए विश्वाश दिनु पर्थ्यो किन ।
Devraj shrestha
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
devrajshrestha@gmail.com
www.purkot.blogspot.com
Share
No comments:
Post a Comment